काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ति मगर रहेको टिसी स्पोर्टस क्लबले माल्दिभ्सको धिवेही प्रिमियर लिगमा फराकिलो जित निकालेको छ ।
शनिबार भएको खेलमा टीसीले भिक्टोरी स्पोर्ट्स क्लबलाई ४-० गोल अन्तरले पराजित गर्यो ।
टीसीको जितमा इब्राहिम सफ्राजले दुई गोल गरे । यस्तै मोहमद अजुफान र इब्राहिम हसनले एक एक गोल गरे ।
भिक्टोरीविरुद्ध फराकिलो जित निकालेपनि टीसीले विमललाई मैदान उतारेन् ।
गत साता मात्र विमलको दुई गोलले टीसीले च्यारिटी सिल्ड फुटबलको उपाधि जितेको थियो ।