एजेन्सी । इन्ग्लिश क्लब चेल्सीका पुर्व मिडफिल्डर क्रेग बर्लीले फ्रान्क लाम्पार्डलाई मुख्य प्रशिक्षक नियुक्त गरे क्लबको ठुलो गल्ती हुने बताएका छन् ।
फुटबल विश्लेषक बर्लीले माउरिजियो सर्रीको स्थानमा लाम्पार्डलाई ल्याए चेल्सीको ठुलो गल्ती हुने बताए । उनले लाम्पार्ड आए क्लबको हालत म्यानचेस्टर युनाईटेडकै जस्तो अवस्था आउने बताए ।
युनाईटेडले पूर्व खेलाडी ओले गुनार सोल्सायरलाई प्रशिक्षक बनाएपनि टिमको उच्च प्रदर्शन नभएको बर्लीको भनाई रहेको छ ।बर्लीले लाम्पार्ड ल्याउँदा समर्थकका लागि राम्रो भएपनि क्लबका लागि राम्रो नहुने बताए ।
'मैले सुनेको यसले समर्थकलाई एकजुट बनाउनेछ । कति धेरै बकवास । यो युनाईटेडकै जस्तो हुनेछ । जब समर्थक हाम्रो साइडमा हुन्छ यसले मतलब हुँदैन,' बर्लीले भने, 'किनकि जब मैदानमा खेलाडीले राम्रो गर्छ समर्थक खेलाडीको साथमा हुनेछ।तर, जब तिम्ले खराब गर्छ समर्थक हाम्रो साथमा हुँदैन।'
मुख्य प्रशिक्षक सर्री इटालियन क्लब युभेन्ट्स जान तयार भएपछि क्लबले लाम्पार्डलाई ल्याउने तयारी गरिरहेको छ । चेल्सीका पूर्व लिजेण्ड समेत रहेका लाम्पार्ड अहिले च्याम्पियनसिप क्लब डर्बी काउन्टी हेरिरहेका छन् ।