काठमाडौं । राजधानीमा जारी सहिद स्मारक 'सी' डिभिजन लिग छनोट प्रतियोगिता अन्तर्गत नकआउट चरणको खेल तालिका सार्वजनिक भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शनिबार दोस्रो चरणको खेल तालिका सार्वजनिक गरेको छ । एन्फाले दोस्रो चरणका लागि छनोट भएका १२ टोलीलाई ३ समूहमा विभाजन गरेर खेल तालिका निकालेको हो ।
एक समूहमा ४ टोली राखिएको छ । र, हरेक समूहको विजेता टिम 'सी' डिभिजन लिगमा बढुवा हुनेछ । यस पटक ३ क्लब 'सी' डिभिजनमा बढुवा हुनेछ ।
दोस्रो चरणको खेल आइतबारबाट सुरु हुनेछ ।
आइतबार हुने खेलमा समूह 'ए' बाट सरस्वती नगर स्पोर्ट्स क्लब र इमाडोल युवा क्लब तथा झापा फुटबल क्लब र एक्टिभ फुटबल क्लबबीच खेल हुनेछ ।
यस्तै सोमबार समूह 'बी' बाट च्याम्पियन बोइज सेतीओपी र चर्च बोइज युनाईटेड तथा सुन्धारा युवा क्लब र चेबहाल युवा क्लबबीच खेल हुनेछ ।
मंगलबार हुने खेलमा बागमती युवा क्लब र बिरगंज युनाईटेड तथा ठमेल फुटबल क्लब र स्पोर्ट्स एकेडेमीबीच खेल हुनेछ ।
तीनै समूहको विजेता टोलीले फाइनलमा स्थान बनाउने छन् ।
खेल तालिका :
