एजेन्सी । कोपा अमेरिका फुटबलमा ब्राजिल गोलका लागि संघर्षरत देखिएको छ ।
बोलिभियाविरुद्व पहिलो हाफको खेल सकिदाँ ब्राजिलले गोल रहित बराबरी खेलेको छ ।
समुह एमा रहेको ब्राजिलले बोलिभियासंग प्रतिस्पर्धा गरिरहेको छ । चोटका कारण मुख्य खेलाडी नेयमारलाई ब्राजिलले खेल अघि गुमाएको थियो ।
खेलमा पुर्ण हावी भएपनि ब्राजिलले गोल गर्न सकेको छैन । प्राप्त अवसरलाई ब्राजिलले गोलमा परिणत गर्न सकेको छैन ।
ब्राजिलको घरेलु मैदानमा कोपा अमेरिकाको नयाँ संस्करण सुरु भएको छ ।