एजेन्सी । जर्मन स्टार लोथर माथौसले क्रिस्टियानो रोनाल्डोले रियल मड्रिडका सहकर्मी जेम्स रोड्रिग्वेजलाई युभेन्ट्समा ल्याउन चाहेको बताएका छन् ।
कोलम्बियाका अन्तराष्ट्रिय खेलाडी जेम्स यस सिजन क्लब छाड्ने तयारीमा छन् । उनले पछिल्ला दुई सिजन लोनमा जर्मन क्लब बार्यन म्युनिखमा बिताएका थिए ।
मुख्य प्रशिक्षकमा रियलमा आउदाँ जिदानले उनलाई स्पेन छाड्ने अनुमती दिएका थिए । उनी फेरी एक पटक रियलको प्रशिक्षकमा पुनरागमन गरेका छन् ।
२७ बर्षका फरवार्डले समेत आफु बार्यन म्युनिख नफर्कने बताईसकेका छन् ।
ईङ्लिस क्लब आर्सनलले समेत जेम्समा ईच्छा देखाईरहेको छ ।
ला लिगामा रहदाँ निरन्तर सहयोग गर्दै आएका जेम्सलाई रोनाल्डोले युभेन्ट्समा ल्याउन चाहेका हुन् ।
बार्यन म्युनिखका पुर्व स्टार माथौसका अनुसार रोनाल्डोले परिचित अनुहारलाई टुरिन क्लबसंग जोड्न चाहन्छन् ।
'हामीले पछिल्लो दुई हप्ता अघि कुराकानी गरेका थियौ । जतिबेला बुन्डेशलिगाको उपाधिको खुसी मनाईरहेका थियौ ।' उनले भने, 'म उनलाई युभेन्ट्समा देख्न चाहन्छु ।'
'उनी रोनाल्डोको नजिक छन् । र उनले आफु रोनाल्डोको सम्पर्कमा रहेको बताएका थिए । र उनी रोनाल्डोसंग युभेन्ट्समा रहन चाहन्छन् ।' उनले थपे ।
'म बुझ्न सक्छु, किन जेम्स रोनाल्डोको सेवा गर्न चाहन्छन् । र गोल गर्न सक्छन् । जसले गर्दा दुवै खेलाडी चम्किन सक्छन् ।' माथाैस भन्छन् ।
जेम्स सन् २०१४ मा रियल मड्रिडमा आएका थिए । उनले रियललाई ला लिगा च्याम्पियन, दुई च्याम्पियन्स लिग र दुई क्लब विश्वकपको उपाधि जिताउन सहयोग गरेका थिए ।
उनले दुई सफल सिजन बार्यनमा समेत बिताए । उनले ६७ खेलमा १५ गोल समेत गरेका थिए । उनी नयाँ चुनौतीका लागि आफु तयार रहेको बताएका छन् ।