एजेन्सी । कोपा अमेरिका फुटबल शनिबारबाट ब्राजिलमा सुरु हुँदैछ ।
साओ पाउलोमा शनिबार ब्राजिल र बोलिभियाबीचको खेलसंगै कोपा अमेरिकाको सुरुवात हुनेछ । खेल नेपाली समय अनुसार बिहान ६:१५ मा सुरु हुनेछ ।
ब्राजिलको विभिन्न पाँच सहरमा आयोजना हुने कोपा अमेरिकामा दुई आमन्त्रित टिमसहित १२ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
आगामी जुलाई ७ सम्म हुने प्रतियोगिताको हरेक समूहको शीर्ष दुई र तेस्रो हुने दुई उत्कृष्ट टोलीले क्वाटरफाइनलको यात्रा तय गर्नेछन् ।
यस संस्करणमा दुई आमन्त्रित टिम कतार र जापानले प्रतिस्पर्धा गर्नेछ ।
खेल तालिका (नेपाली समय अनुसार)




