एजेन्सी । एट्लेटिको मड्रिडका निर्देशक मिगुएल एन्जल गिल मारिनले फरवार्ड एन्टोनियो ग्रीजम्यान अर्काे सिजन बार्सिलोनाबाट खेल्ने बताएका छन् ।
निर्देशक मारिनले एट्लेटिको छाड्ने घोषणा गरेका ग्रीजम्यानले आगामी सिजन बार्सिलोनाबाट खेल्न पक्का भएको बताए ।
‘म निश्चित छु, जहाँबाट उनले खेल्नेछन् । हामीलाई मार्चबाट थाहा छ।’ निर्देशक मारिनले भने, ‘त्यो हो बार्सिलोना ।’
सन् २०१८–१९ को सिजन सकिएसंगै क्लब छाड्ने बताएका ग्रीजम्यानले आफु अझै केहि बर्ष स्पेनिस राजधानीमै बिताउने घोषणा गरेका थिए ।
तर, बार्सिलोनाले लामो समयका लागि अनुबन्ध गर्ने योजना बनाएको कारण ग्रीजम्यान क्लबमा बस्ने सम्भावना कम रहेको निर्देशक मारिनले बताए ।
विश्वकप विजेता फ्रान्सका फरवार्ड ग्रीजम्यान सन् २०१४ मा रियल सोसीडाडबाट एट्लेटिको आएका थिए ।