एजेन्सी । नयाँ सिजनको इन्ग्लिश प्रिमियर लिग फुटबलको खेल तालिका सार्वजनिक भएको छ ।
प्रिमियर लिगले बिहिबार नयाँ सिजन (२०१९-२०) को खेल तालिका सार्वजनिक गरेको हो ।
नयाँ सिजनको खेल तालिका अनुसार उद्घाटन खेलमा लिभरपुल र बढुवा भएको क्लब नर्विच सिटीबीच प्रतिस्पर्धा हुनेछ ।लिभरपुलको मैदानमा हुने उद्घाटन खेल अगष्ट ९ मा हुनेछ ।
यस्तै अगष्ट १० मा ७ खेल हुनेछ । जसमा च्याम्पियन म्यानचेस्टर सिटीले वेष्ट ह्याम युनाईटेडसंग खेल्नेछ ।
यस्तै बर्नेमाउथले सेफिल्ड युनाईटेड, बर्नलीले साउथह्यम्पटन, क्रिस्टल प्यालेसले एभर्टन, लेष्टर सिटीले वुल्भ्स, वाट्फोर्डले ब्राइटन र टोटेनहमले एस्टन भिल्लासंग खेल्नेछ ।
अगष्ट ११ मा न्युकासल र आर्सनल तथा म्यानचेस्टर युनाईटेड र चेल्सीबीच खेल हुनेछ ।