• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
बालोन डी'ओरका दाबेदार पाँच खेलाडी
खेलपाटी संवाददाता
बिहीबार, जेठ ३०, २०७६ खेलपाटी संवाददाता
बालोन डी'ओरका दाबेदार पाँच खेलाडी

एजेन्सी । बालोन डी'ओर विश्व फुटबलकै प्रतिष्ठित अवार्ड हो ।  फुटबल खेलाडीहरुको ठुलो सपनामा बालोन डी'ओर अवार्ड जित्नु पनि हुने गरेको छ ।

हरेक बर्ष प्रदान गरिने बालोन डी'ओर बर्षको उत्कृष्ट खेलाडीले पाउने गर्छन् । गत सिजन रियल मड्रिड तथा क्रोएसियाका मिडफिल्डर लुका मोड्रिचले जितेका थिए  । उनले पछिल्लो १० बर्ष राज गरिरहेका लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पछि बनाएका थिए ।

यस सिजनको फुटबल लिगहरु समाप्त भईसकेको छ । यस्तोमा यस बर्ष बालोन डी'ओर जित्ने खेलाडीको आँकलन सुरु भईसकेको छ । यस बर्ष पनि विश्व चर्चित खेलाडीहरु अवार्डका हकदार रहेका छन् ।

यस बर्ष बालोन डी'ओर जित्न सक्ने सम्भावित पाँच खेलाडीहरु यस प्रकार रहेका छन् ।

१. भिर्गिल भान डिज्क

Liverpool FC v Watford FC - Premier League

फाबियो कानाभारो (सन् २००६) पछि भिर्गिल बालोन डी'ओर जित्ने पहिलो डिफेन्डर बन्न सक्नेछन् । भिर्गिलले लिभरपुललाई १४ बर्ष पछि च्याम्पियन्स लिगको उपाधि जिताउन ठुलो भूमिका खेलेका थिए ।
भिर्गिलले यस सिजन पीएफए बर्ष उत्कृष्ट खेलाडीको उपाधि जितिसकेका छन् ।

नेदरल्याण्डका भिर्गिलले लिभरपुलका लागि यस सिजन भर उत्कृष्ट प्रदर्शन गरे । च्याम्पियन्स लिगको फाइनलमा टोटेनहम र सेमिफाइनलमा बार्सिलोनाविरुद्ध प्रदर्शन निकै उत्कृष्ट रहेको थियो ।
तर, भिर्गिलले नेदरल्याण्डलाई युईएफए नेसन्स कपको उपाधि भने दिलाउन सकेनन् । फाइनलमा नेदरल्याण्ड पोर्चुगलसंग १-० ले पराजित भएको थियो ।

२. लियोनल मेस्सी

Tottenham Hotspur v FC Barcelona - UEFA Champions League Group B

बार्सिलोनाका कप्तान मेस्सी पनि बालोन डी'ओर अवार्ड मुख्य दाबेदार खेलाडी हुन् । भिर्गिलपछि अवार्डका लागि मेस्सीको बढी नाम आउने गरेको छ ।

मेस्सीले ११ बर्षको अन्तरालमा बार्सिलोनालाई आठौं पटक स्पेनिस ला लिगाको उपाधि दिलाउन सफल भएका छन् । यस बर्ष ला लिगामा ३६ गोल गर्दै मेस्सीले लगातार तेस्रो सिजन युरोपियन गोल्डेन शु समेत जितेका छन् । मेस्सीले यस सिजन पिचीची अवार्ड पनि जितेका थिए ।

बार्सिलोना च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरिए पनि मेस्सी सर्वाधिक गोलकर्ता बनेका थिए । ३१ बर्षे मेस्सीले च्याम्पियन्स लिगमा १२ गोल गरेका थिए ।

अर्जेन्टिनाका स्टार मेस्सीले बार्सिलोनालाई यस सिजन च्याम्पियन्स लिग र कोपा डेल रेको उपाधि जिताउन नसक्दा भने अवार्डका लागि केहि धक्का पुगेको छ ।

३. क्रिस्टियानो रोनाल्डो

Portugal v Switzerland - UEFA Nations League Semi-Final

पोर्चुगिज फरवार्ड रोनाल्डोले यस सिजन इटालियन क्लब युभेन्ट्सबाट सिरी 'ए' को उपाधि उचाले । हालै रोनाल्डोले आफ्नो कप्तानीमा पोर्चुगललाई युईएफए नेसन्स लिगको उपाधि दिलाउन सफल भए ।

यसै बर्ष क्लब र राष्ट्रको लागि हासिल गरेको उपलब्धिसंगै रोनाल्डो पनि बालोन डी'ओरका मुख्य दाबेदार बनेका छन् ।

स्पेनिस क्लब रियल मड्रिडबाट इटाली पुगेका रोनाल्डोले पहिलो सिजन सिजन ३१ खेलमा २१ गोल गरेका थिए । ३४ बर्षे रोनाल्डो पहिलो सिजन नै मोस्ट भ्यलुएबल प्लेयर बनेका थिए ।

युभेन्ट्सलाई च्याम्पियन्स लिगको क्वाटरफाइनलसम्म लैजान मुख्य भूमिका खेलेका रोनाल्डोले नेसन्स लिगमा भने उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले स्विजरल्याण्डविरुद्धको सेमिफाइनलमा ह्याट्रिक गरेका थिए ।

यस्तै फाइनलमा रोनाल्डोको टिमले भिर्गिलको टिम नेदरल्याण्डलाई स्तब्ध बनाएको थियो ।

४. मोहमद सलाह

Liverpool v West Ham United - Premier League

लिभरपुलले च्याम्पियन्स लिगको उपाधि जित्दा नायक थिए मोहमद सलाह । गत सिजन रियल मड्रिडविरुद्धको फाइनलमा घाईते भएका सलाहले टिमलाई उपाधि दिलाउन सकेका थिएनन् । र, यस सिजन सलाहले क्लबलाई च्याम्पियन्स लिग जिताउन मुख्य भूमिका खेले ।

यस सिजन प्रिमियर लिग र च्याम्पियन्स लिगमा उनले गरेको प्रदर्शनले सलाहलाई बालोन डी'ओरको मुख्य हकदार मान्न सकिन्छ ।
इजिप्टका सलाहले यस सिजन प्रिमियर लिगमा २२ गोल गरेका थिए । र, उनले प्रिमियर लिगको गोल्डेन बुट अवार्ड आर्सनलका इम्रिक आबुमियाङसंग बाडेका थिए । च्याम्पियन्स लिगमा भने उनले ५ गोल गरेका थिए ।

२६ बर्षीय सलाहले इजिप्टलाई अफ्रीका कप अफ नेसन्समा छनोट गराउन मुख्य भूमिका समेत खेलेका थिए ।

५. केलियन एमबाप्पे

Image result for mbappe

पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार केलियन एमबाप्पेले यस सिजन उत्कृष्ट प्रदर्शन गरे । पीएसजीलाई फ्रेन्च लिगको उपाधि दिलाउन एमबाप्पेले यस सिजन ३३ गोल गरेका थिए । युरोपियन गोल्डेन बुटको दाबेदारमा उनि दोस्रो स्थानमा रहेका थिए ।

विश्वकप विजेता एमबाप्पेले यो सिजन क्लबका लागि कुल ३९ गोल र १७ असिस्ट गरेका छन् । २० बर्षे स्ट्राइकर एमबाप्पे युरोकप छनोटमा समेत उत्कृष्ट खेलिरहेका छन् । तर, पीएसजीका लागि उनले एक मात्र उपाधि जिते ।

च्याम्पियन्स लिगमा राम्रो नतिजा ल्याउन नसकेको पीएसजीले फ्रेन्च कपको फाइनलमा आश्चर्य जनक हार व्यहोरेको थियो ।

 

-एजेन्सीको सहयोगमा

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतको सेमिफाइनलको सम्भावना मजबुत
भारतको सेमिफाइनलको सम्भावना मजबुत
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
‘ए’ डिभिजन लिग पुसमा हुने
‘ए’ डिभिजन लिग पुसमा हुने
umbro nepal
  • ताजा समाचार
  • खेल आज
भारतको सेमिफाइनलको सम्भावना मजबुत
भारतको सेमिफाइनलको सम्भावना मजबुत
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP