एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका नयाँ फरवार्ड लुका जोभिकले क्रिस्टियानो रोनाल्डो आफ्नो आर्दश खेलाडी रहेको बताएका छन् ।
नयाँ सिजनबाट स्पेनिस क्लबमा जोडिएका जोभिकले एक समय रियल मड्रिडको जर्सीमा आफु सुत्ने गरेको उल्लेख गर्दै रोनाल्डो आफ्नो आर्दश पात्र रहेको उल्लेख गरे ।
जोभिकले यसै सिजन ६ बर्षका लागि रियल मड्रिडसंग सम्झौता गरेका छन् । जर्मन क्लब आइनट्राच फ्रेन्कफर्टबाट उनी ६० मिलियन युरोमा स्पेनिस महारथी क्लबमा जोडिएका हुन् ।
दोस्रो पटक क्लबको पुर्नसंरचना गर्न लागेका प्रशिक्षक जिनेदिन जिदानको एक हिस्साको रुपमा सर्वियन फरवार्ड रियलसंग जोडिएका हुन् ।
ईडेन हजार्ड, इडर मिलिटो, रोड्रिग्व गोईसले यसै सिजन रियल मड्रिडसंग जोडिएका छन् ।
'रोनाल्डोनै मेरो आर्दश हुन् । जब म बच्च थिए ।' मड्रिडको मन पर्ने खेलाडीको प्रश्नमा जोभिकले भनेका छन् ।
'अहिले म एक खेलाडी मात्र छान्न सक्दिन् । कारण, अब हामी सबै सहकर्मी भएका छौ ।' उनले थपे, 'मलाई लाग्छ पछिल्लो सिजन मड्रिडको लागि राम्रो रहन सकेन । आशा गरौ अघिल्लो सिजन केही राम्रो हुनेछ ।'
'मुल्यले कुनै दबाब ल्याउदैन । मैले त्यो बिषयमा सोचेको छैन । मैले मैदानमा के गर्ने भन्ने बिषयमा मात्र सोचेको छु ।' उनले भनेका छन् ।
'मैले मड्रिडका खेलाडीसंग कुरा गर्न पाएको छैन । म लुका मोड्रिचसंग कुरा गर्न चाहन्छु । आशा गर्छु केही दिनमा यो सम्भव हुनेछ ।' उनले थपे ।