शालिकराम चालिसे
काठमाडौं । संकटा क्लब दोस्रो संस्करणको नुवाकोट गोल्डकप फुटबलमा फाईनलमा प्रवेश गरेको छ । च्यासल युथ क्लबलाई सडन डेथमा हराउँदै संकटा प्रतियोगिताको फाईनल प्रवेश गरेको हो ।
निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरबाट गरिएको थियो । संकटाले च्यासललाई सडनडेथमा ७–६ गोल अन्तरमा पराजित ग¥यो ।
संकटाले उपाधि भिडन्तमा आयोजक नुवाकोट ११ संग प्रतिस्पर्धा गर्नेछ ।
पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा ५८ औ मिनेटमा मिलन राईले गोल गर्दै च्यासललाई सुरुवाती अग्रता दिलाएका थिए । ६९ औ मिनेटमा कोनी बोरिसले गोल गर्दै संकटालाई खेलमा फर्काएका थिए ।
नुवाकोट जिल्ला खेलकुद विकास समिति र नुवाकोट फुटवल संघको संयुक्त आयोजनामा भएको प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ हात पार्नेछन ।