एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडले सर्बियन स्ट्राइकर लुका जोभिकलाई औपचारिक रुपमा क्लबमा भित्र्याएको छ ।
रियलले बुधबार जोभिकसंग औपचारिक रुपमा अनुबन्ध सम्झौता गरेको छ । रियलले जोभिकलाई ६ वर्षका लागि अनुबन्ध गरेको हो । सम्झौतासंगै जोभिक सन् २०२५ सम्म रियलमा रहने छन् ।
यस्तै रियलले घरेलु मैदान सान्टियागो बेर्नाबेउमा जोभिकलाई क्लबको जर्सीसहित सार्वजनिक गरेको छ ।
रियलले जोभिकलाई जर्मन क्लब फ्रान्कफर्टबाट ६२ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो ।
२१ बर्षीय जोभिकले यस सिजन ३२ खेलमा १७ गोल गरेका छन् ।