एजेन्सी । नयाँ सिजनको इन्ग्लिश प्रिमियर लिग फुटबलको खेल तालिका बाहिरिएको छ ।
प्रिमियर लिगले खेल तालिका सार्वजनिक गर्नु अगाबै नयाँ सिजन (२०१९-२०) को खेल तालिका बाहिरिएको हो । लिगको खेल तालिका बिहिबार सार्वजनिक हुने कार्यक्रम रहेको छ ।
बाहिरिएको खेल तालिका अनुसार उद्घाटन खेलमा टोटेनहम र बढुवा भएको क्लब नर्विच सिटीबीच प्रतिस्पर्धा हुनेछ ।टोटेनहमको मैदानमा हुने खेल अगष्ट १० मा हुनेछ । लिगको पहिलो दिन विभिन्न ७ खेल हुनेछ ।
यस्तै पहिलो दिन बर्नेमाउथ र सेफिल्ड युनाईटेड, क्रिस्टल प्यालेस र आर्सनल, एभर्टन र न्युकासल, साउथहयाम्पटन र चेल्सी, वाट्फोर्ड र वेष्ट ह्याम तथा बर्नली र लिभरपुलबीच खेल हुनेछ ।
च्याम्पियन म्यानचेस्टर सिटीले भने पहिलो खेलमा वुल्भ्ससंग अगष्ट १२ मा खेल्नेछ । यस्तै म्यानचेस्टर युनाईटेडले ब्राइटनसंग अगष्ट ११ मा खेल्दा त्यहिँ दिन एस्टन भिल्ला र लेष्टर सिटीबीच खेल हुनेछ ।
