एजेन्सी । फिफा महिला विश्वकप फुटबलमा युनाईटेड स्टेट अफ अमेरिकाले कीर्तिमानी जित निकालेको छ ।
मंगलबार राति थाइल्याण्डविरुद्धको खेलमा १३-० को जित निकाल्दै अमेरिकाले कीर्तिमानी जित निकालेको हो ।
अमेरिकाले निकालेको यो जित महिला विश्वकप फुटबलकै सर्वाधिक ठुलो अन्तरको जित हो । यसअघि जर्मनीले अर्जेन्टिनाविरुद्ध निकालेको ११-० को जित सर्वाधिक ठुलो अन्तरको जित रहेको थियो ।
फ्रान्सको रिम्समा भएको खेलमा अमेरिकाका लागि एलेक्स मोर्गन एक्लैले ५ गोल गरिन् । यस्तै रोस लाभेले र सामन्था मेविसले २/२ गोल गरिन् । त्यसबाहेक लिन्ड्से होरन, मेगान,मालोरी पुघ र कार्ली ल्योडले एक एक गोल गरिन् ।
फराकिलो जितसंगै अमेरिकाले प्रतियोगितामा उत्कृष्ट सुरुआत गरेको छ । र, समूह एफको अमेरिकाले पहिलो खेलमा ३ अंक जोडेको छ ।
यसै समूहको अर्को खेलमा स्विडेनले चिलीलाई २-० ले हराएको छ ।