एजेन्सी । युरो कप छनोटमा जर्मनीले स्टोनियालाई ८–० गोल अन्तरले हराएको छ । समुह सीको खेलमा पुर्व विश्व विजेता टोली जर्मनीले फराकिलो अन्तरको जित हासिल गरेको हो ।
पछिल्लो जितले जर्मनीले समुह सीको शीर्ष स्थानमा रहेको नर्दन आयरल्याण्डमाथि दबाब बढाएको छ ।
जर्मनीको जितमा मार्को रिउसले दुई तथा सर्ज गनाब्रीले समान दुई दुई गोल गरे ।
अन्य गोल लियोन गोरोत्जका, इल्के गुन्डोगोन, टिमो वर्नर र लिरो सानेले गरे ।
जर्मनीले सुरुवाती तीन खेलमा जित निकाल्न सफल भएको छ । अझै टिम शीर्ष स्थानको नर्दन आयरल्याण्ड भन्दा तीन अंकले पछाडी छ । अर्को खेलमा आयरल्याण्ड टोलीले बेलारुसमाथि १–० को जित निकालेको थियो ।
जर्मनी ३ खेलबाट ९ अंक सहित दोस्रो स्थानमा छ । नर्दन आयरल्याण्ड १२ अंक सहित शीर्ष स्थानमा छ । बेलारुस अंक विहिन हुदै चौथो र स्टोनिया तालिकाको पुछारमा छ ।