एजेन्सी । युरो कप छनोटमा ईटालीले पुनरागमन जित हासिल गरेको छ । मंगलबार राति भएको खेलमा ईटालीले बोस्निया हर्जगोभिनालाई २–१ गोल अन्तरले हराएको हो ।
ईटालीको घरेलु मैदान टुरिनमा भएको खेलको ३२ औ मिनेटमा ईडिन जेकोको गोलबाट पाहुना टोलीले अग्रता लिएको थियो । ४९ औ मिनेटमा लोरेन्जो ईनसाईनले खेल बराबरीमा ल्याएका थिए । ८६ औ मिनेटमा फरवार्ड भेराट्टीले गोल गर्दै ईटालीलाई पुनरागमन जित दिलाए ।
समुह जेको शीर्ष स्थानमा रहेको ईटालीले ४ खेलबाट १२ अंक जोड्यो । बोस्निया ४ अंक सहित समुहको पाँचौ स्थानमा रह्यो ।
समुह जेकै खेलमा अर्मेनियाले ग्रिकलाई ३–२ ले हराउँदा फिनल्याण्डले लिचेस्टाईनलाई २–० ले पाखा लगायो ।
अर्मेनिया ६ अंक सहित तेस्रो, ग्रिक ४ अंक सहित चौथो, फिनल्याण्ड ९ अंक सहित दोस्रो र लिचेस्टाईन अंक विहिन हुदै पुछारमा रहे ।