काठमाडौं । नेपाली राष्ट्रिय टोलीका सदस्य विमल घर्तिमगर रहेको टीसी स्पोर्ट्सले माल्दिभ्सको च्यारिटी सिल्ड फुटबलको उपाधि जितेको छ ।
मंगलबार राति भएको दोस्रो लेग खेलमा फोकाइधुलाई ३-१ गोल अन्तरले पराजित गर्दै समग्रमा ४-२ को जितसहित टीसीले उपाधि जितेको छ । टीसीले पहिलो लेग १-१ गोलको बराबरी खेलेको थियो ।

दोस्रो लेगमा टीसीका लागि विमल घर्तिमगर नायक बने । विमलले टीसीका लागि दुई गोल गरे । विमल यसै सिजनका लागि टीसीमा अनुबन्धित भएका हुन् ।
यस्तै एक गोल इब्राहिम ऐसमले गरे । फोकाइधुका लागि अलि शाइमुले एक गोल फर्काए ।
योसंगै टीसीले सिजनको पहिलो उपाधि जितेको छ ।
