विदुर । नुवाकोटमा जारी दोस्रो संस्करणको नुवाकोट गोल्डकप फुटवल प्रतियोगितामा आयोजक टिम फाईनल प्रवेश गरेको छ ।
मंगलबार भएको खेलमा साविक विजेता नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले हराउँदै नुवाकोट ११ फाईनल प्रवेश गरेको हो ।
नुवाकोट आर्दश बहुमुखी क्याम्पस बट्टारको खेल मैदानमा आयोजक टिमका लागि ४० औ मिनेटमा अफ्रिकी खेलाडी रोमियोले विजयी गोल गरे ।
२० औ मिनेटमा पुलिसको प्रहार बारमा लागेर फर्किएको थियो । ३६ औ मिनेटमा नुवाकोटको प्रहार समेत बारमा लागेर फर्किएको थियो ।
खेलको म्यान अफ दी म्याच नुवाकोट ११ का भिक्टोर घोषित भए । उनले १० हजार रुपैयाँ हात पारे । नुवाकोट ११ ले उपाधिको लागि शुक्रबार संकटा र च्यासल युथबीचको विजेतासँग प्रतिष्पर्धा गर्नेछ ।
दोस्रो सेमिफाइनलमा भोली संकटा र च्यासल युथ क्लबबीच प्रतिष्पर्धा हुनेछ ।
नुवाकोट जिल्ला खेलकुद विकास समिति र नुवाकोट फुटवल संघको संयुक्त आयोजनामा भएको प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ हात पार्नेछन ।