काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले विभिन्न उमेर समूहको राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक चयन गरेको छ ।
एन्फाले मंगलबार दक्षिण एसियाली खेलकुद (साग) टिम, यू-१६, यू-१८, यू-१५, बुटवल एकेडमी, धरान एकेडमी र सातै प्रदेशको मुख्य प्रशिक्षक चयन गरेको हो । एन्फाको टेक्निकल टिमले मंगलबार मुख्य प्रशिक्षक घोषणा गरेको हो ।
एन्फाले नेपालमा आयोजना हुने सागको पुरुष टिमको मुख्य प्रशिक्षक बाल गोपाल महर्जन, सहायक प्रशिक्षक राजेश मानन्धर र गोलकिपर प्रशिक्षकमा मृगेन्द्र मिश्रलाई चयन गरेको छ ।
साग टिम महिलाको मुख्य प्रशिक्षकमा हरि खड्का, सहायक प्रशिक्षकमा अरुणा गुरुङ र गोलकिपर प्रशिक्षकमा अस्मिता खवास चयन गरेको छ ।
यू-१६ को पुरुषको मुख्य प्रशिक्षकमा सुनिल श्रेष्ठ, सहायकमा राजकुमार केसी, गोलकिपरमा बिनोद डंगोल चयन हुँदा यू-१८ पुरुषको मुख्य प्रशिक्षकमा चेत नारायण श्रेष्ठ, सहायकमा सनोज श्रेष्ठ र गोलकिपरमा छन्नु राम चौधरी चयन भएका छन् ।
यू-१५ महिलाको मुख्य प्रशिक्षकमा राकेश श्रेष्ठ, सहायकमा भगवती थापा, गोलकिपरमा मिन बस्नेत रहेका छन् ।
यस्तै बुटवल एकेडमीका लागि मुख्य प्रशिक्षकमा हरि ओम श्रेष्ठ, सहायकमा पुकार गहतराज र गोलकिपरमा दिलिप छत्री चयन भए ।
धरान एकेडमी र प्रदेश १ को मुख्य प्रशिक्षकमा सुमन श्रेष्ठ रहेका छन् ।
त्यस्तै प्रदेश २ मा प्रकाश अर्याल, प्रदेश ३ मा विनोद लामा, प्रदेश ४ मा किरण श्रेष्ठ, प्रदेश ५ मा जनक केसी, प्रदेश ६ र ७ मा दिपेश योञ्जन चयन भएका छन् ।