एजेन्सी । यूरोकप छनोट फुटबलमा डेनमार्कले पहिलो जित निकालेको छ ।
मंगलबार राति भएको खेलमा जर्जियालाई ५-१ गोल अन्तरले पराजित गर्दै डेनमार्कले पहिलो जित निकालेको हो ।
डेनमार्कको जितमा कास्पर डोलबर्गले दुई गोल गरे । यस्तै क्रिस्टियन एरिक्सन, युसुफ पाउलसेन र मार्टीन ब्रेइथवेटले एक एक गोल गरे । जर्जियाका साबा लोब्झान्डिजले एक गोल फर्काए ।
जितसंगै समूह 'डी' को डेनमार्कले ३ खेलबाट ५ अंक जोडेको छ । डेनमार्क समूहको दोस्रो स्थानमा छ ।
यस समूहमा आयरल्याण्ड शीर्ष स्थानमा रहेको छ । आयरल्याण्डको ४ खेलबाट १० अंक रहेको छ ।
आयरल्याण्डले मंगलबार राति जिब्राल्टरलाई २-० ले हराएको थियो ।