एजेन्सी । रोबर्टो लेवान्डोस्कीको कप्तानीमा रहेको पोल्याण्डले यूरोकप छनोटमा सहज जित निकालेको छ ।
सोमबार राति भएको खेलमा पोल्याण्डले इजरायललाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा पोल्याण्डलाई जित दिलाउन क्रेजोस्टोफ पियाटेक, कप्तान लेवान्डोस्की,कमील ग्रोसिचकी र डामियन काड्जोरले एक एक गोल गरे ।
जितसंगै समूह 'जी' मा रहेको पोल्याण्डले अपराजित यात्रा कायम राखेको छ । समूहको शीर्ष स्थानको पोल्याण्डले ४ खेलमा ४ जितसहित ८ अंक जोडेको छ ।
इजरायल ४ खेलबाट ७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
यसै समूहको अर्को खेलमा स्लोभानियाले लाट्भियालाई ५-० ले हराएको छ । यस्तै अस्ट्रियाले नर्थ मासेडोनियालाई ४-१ ले हरायो ।