एजेन्सी । फ्रान्सेली क्लब लियोनका स्टार फेरल्याण्ड मेन्डी स्पेनिस महारथी क्लब रियल मड्रिडबाट खेल्ने भएका छन् । लेफ्ट ब्याक पोजिसनबाट खेल्ने मेन्डी नयाँ सिजनमा रियल मड्रिडसंग जोडिने पक्का भएको हो ।
फ्रान्सेली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक डिडियर डसच्याम्पले यस कुराको पुष्टि गर्दै युवा स्टार खेलाडीको बिषयमा बोलेका हुन् ।
पछिल्लो समय मेन्डी स्पेनिस क्लब रियलसंग जोडिएका थिए । उनी ५० मिलियन युरोपमा लिग वान क्लबबाट रियल जाने भएका भएका हुन् ।
'उनी निकै शानदार तरिकाले हुर्किए । उनी लिग वानमा दुई बर्ष अघि जोडिए । उनी अब रियल मड्रिडमा जानेछन् ।' विश्ककप विजेता प्रशिक्षकले भने ।
'उनका दुवै खुट्टा चल्छन् । उनी हरेक समय हामीसंग खेल्दा निकै राम्रो लाग्छ ।' उनले भनेका छन् ।
रियल र लियोनले सम्झौताको औपचारिक घोषणा गरेका छैनन् । तर उनी अब रियलमा यस सिजन प्रवेश गर्ने तेस्रो खेलाडी हुनेछन् । यसअघि रियलले लुका जोभिक र ईडेन हजार्डलाई क्लबमा अनुबन्धन गरिसकेको छ ।
युरो छनोटको टर्कीसंग फ्रान्स पराजित भएको खेलमा समेत मेन्डीले खेलेका थिए । उनी मात्र नभएर म्यानचेष्टर युनाईटेडका पाउल पोग्बा समेत रियल जाने बिषय चर्चामा छ ।
पोग्बासंगै पीएसजीका केलियन एम्बाप्पे, नेयमार र टोटेनहमका इरिक्सन समेत रियलको अगामी गन्तव्यको रुपमा जोडिएका छन् ।