बुधबार, ०४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

राखेप सदस्य–सचिवको दौड सुरु, को को दाबेदार ?

सोमबार, २७ जेठ २०७६खेलपाटी संवाददाता
राखेप सदस्य–सचिवको दौड सुरु, को को दाबेदार ?
Loading ad...
mustang rice ad

काठमाडौं । राखेप सदस्य सचिव केशवकुमार विष्टको कार्यकाल सकिन अब दुई हप्ता पनि बाँकी छैन । चार बर्ष अघि नेपाली खेलुकदको बागडोर सम्हाल्न आईपुगेका सदस्य सचिव विष्टको कार्यकाल असार ९ गते सकिदैछ । तत्कालिन एमालेभित्रका शक्तिशाली अनुहारलाई पाखा लगाउँदै विष्ट सदस्य सचिवमा नियुक्त भएका थिए ।

हुन त नेपाली खेलकुदको सर्वोच्च निकाय युवा तथा खेलकुद मन्त्रालय हो । खेलकुद विकास ऐनले नै मन्त्राललको काम, कर्तब्य र अधिकारलाई नीति निर्माण तहमा मात्र केन्द्रित गरेको छ । तर घरेलु खेलकुदको कार्यकारी भुमिका राखेपले निर्वाह गर्दै आएको छ, जसको सम्पुर्ण लगाम राखेप सदस्य सचिवको हातमा हुने गर्छ ।

ऐनले दिएका असिमित अधिकार र खेलकुदबाट प्राप्त गर्न सकिने सामाजिक प्रतिष्ठाले सत्ताको नजिक रहेका हरेक व्यक्ति सदस्य सचिवको नियुक्ती पाउन लालायित देखिन्छन् ।

सदस्य सचिव बिशुद्व राजनीतिक नियुक्ती हो । सदस्य सचिवको नियुक्तीको अधिकार राखेपका अध्यक्ष रहेका खेलुकद मन्त्रालयका नेतृत्वकर्तालाई हुने गर्छ । तर खेलकुदबाट देशैभर ‘सफ्ट’ राजनीतिक गतिविधि सञ्चालन गर्न सकिने भएकाले सत्ताधारी दलका शीर्ष नेताले नियुक्तीमा ‘बिशेष’ चासो देखाउने गरेका छन् ।

सत्तामा यतिबेला शक्तिशाली पाटी नेकपा छ । सरकार विकास र समृद्विको नारा सहित सत्ताको लगाम चलाईरहेको छ । ‘खुसी नेपाली, समृद्व नेपाल’को नारा चर्चामा छ । हरेक क्षेत्रको विकासलाई नाराको रुप दिन सिपालु सरकारले खेलकुदमा समेत ‘खुसी खेलाडी, समृद्व खेलकुद’को नारा घन्काएको छ ।

अब नेकपाले नै सदस्य सचिवको नियुक्ती गर्ने प्रष्ट छ । अब गरिने सदस्य सचिवको छनोटले नेपाली खेलकुदमा वर्तमान सरकारको नीति र नियत प्रष्ट बोल्नेछ ।

राजनीतिक रुपमा मात्र नभएर समग्र नेपाली खेलकुदले राखेपको १८ औ सदस्य सचिव को बन्ला भनेर निकै चासो पुर्वक हेरिबसेको छ ।

चासो आम खेलकुदकर्मीमा मात्र छैन, नेपाली खेलकुदको राजनीतिक लामो समय क्रियाशिल रहेका धेरै नेता यति बेला सदस्य सचिवको दौडमा छन् । राजनीतिक शक्ति केन्द्रहरुलाई भेटेर धेरैले आफ्नो ईच्छा प्रकट गरिसकेका छन् ।

खेलकुद राजनीतिमा क्रियाशिल नेताहरुसंग भेटेर राखेप सदस्य सचिवकाे सम्भावित पात्रकाे सुचि तयार पारेका छौ ।

केशवकुमार विष्ट 

तत्कालिन खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले पद नै धरापमा राखेर सदस्य सचिवमा विष्टलाई नियुक्त गरेका थिए । तत्कालिन प्रधानमन्त्री केपी ओलीको चर्को दबाब र पार्टी भित्रका संस्थापन पक्षको असन्तुष्टिका बाबजुत विष्ट सदस्य सचिवमा नियुक्त हुन सफल भएका थिए ।

गफ दिन र शक्ति केन्द्रलाई रिझाउन सिपालु सदस्य सचिवले चार बर्षे कार्यकालमा आफ्नो राजनीतिक व्यक्तित्वमात्र स्थापित गरेनन्, नेपाली राजनीतिका धेरै शक्ति केन्द्रसंग गहिरो ‘हिमचिम’ बनाउन सफल रहे । सोही ‘हिमचिम’को प्रभावमा सदस्य सचिवमा दोहरिने दाउ विष्टले राखेका छन् ।

शरद चन्द्र शाहपछि नेपाली खेलकुदको सफल सदस्य सचिवको रुपमा आफुलाई ब्याख्या गर्दै विष्ट विभिन्न शक्ति केन्द्रसंग निरन्तर लबिङ गरिहेका छन् । आफ्नो कार्यकालमा दुई वटा राष्ट्रिय खेलकुद प्रतियोगिता नियमित रुपमा सम्पन्न गर्न सफल भएको र खेलकुद पुर्वाधार र अन्र्तराष्ट्रिय सफलता हासिल गर्नमा आफुले कीर्तिमानी रचेको दलील उनले पेश गर्ने गरेका छन् । आसन्न साग खेलकुद आयोजना गर्दा आफ्नो अनुभव र क्षमता उपयुक्त हुने विष्टको दाबी छ ।

तत्कालिन एमालेभित्रको माधवकुमार नेपाल समुहबाट सदस्य सचिवमा नियुक्त भएपनि सदस्य सचिवका रुपमा विष्टले आफ्नो कार्यकालमा शितलनिवाससंग राम्रो सम्बन्ध बनाउन सके । राखेपले आयोजना गरेका करिब दर्जन कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रमुख अतिथीको रुपमा निमन्त्रण गर्न सफल रहे । पुर्वाञ्चल नै राजनीतिक पृष्ठभुमी भएकी राष्ट्रपति भण्डारीसंगको निकटताले सदस्य सचिवमा दोहरिने विश्वास विष्टले गरेका छन् । पार्टी एकतापछि नेकपाको खेलकुद महासंघको संयोजकमा पुरुषोत्तम पौडेलको आगमनले विष्ट थप उत्साही बनेका छन् ।

पिताम्बर तिम्सिना

सदस्य सचिवको चर्चा हुने अनि पिताम्बरको नाम छुट्ने ? यो नेपाली खेलकुदमा हुन सक्दैन । तर नेपाली खेलकुदको कार्यकारी पदमा पुग्ने उनको प्रयास पटक पटक विफल हुदै आएको छ । सात महिना अघि पिताम्बर पुन घरेलु राखेपमा फर्किए, उपाध्यक्षको जिम्मेवारी सहित ।

राखेपमा उपाध्यक्ष ‘सेरोमोनियल’ पद हो । तर उपाध्यक्षमा फर्किए लगत्तै तिम्सिनाले भनिहाले, ‘म सदस्य सचिव हुने गरि राखेपमा फर्किएको हो । अर्थात अबको सदस्य सचिव म नै हो ।’

शक्तिको अभ्यास गर्न रुचाउने चरित्रका तिम्सिनालाई उपाध्यक्ष पदले सकस दिएको छ । खेलपाटीसंगको कुराकानीमा उनले प्रष्ट भनेका छन्, ‘कार्यकारी भुमिका अब नदिने हो भने म उपाध्यक्षबाट राजीनामा दिनेछु । कि राखेपको कार्यकारी अधिकारी उपाध्यक्षमा सार्न पर्यो अथवा सदस्य सचिवमा मलाई नियुक्त गर्नुपर्यो ।’

प्रधानमन्त्री केपी ओलीसंग अत्यन्त निकट सम्बन्ध रहेको दाबी गर्ने तिम्सिनाले राखेप सदस्य सचिवमा आफ्नो दाबेदारिता खुल्ला रुपमा ब्यक्त गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बाक्लो आउ जाउ गर्ने तिम्सिनालाई पार्टी नेतृत्व खेलकुदको जिम्मेवारी सुम्पिन तयार होला ? यही प्रश्नमा उनको खेलकुदको राजनीतिक भविष्य गाँसिएको छ ।

रमेश शिलवाल 

पाटी नेतृत्वमा केपी ओली स्थापित भईसकेका थिएनन् । उनी पार्टीभित्र सानो गुटको नेतृत्व गर्थे, प्रतिपक्षकै भुमिकामा सिमित थिए । त्यही समय मदन भण्डारी फाउन्डेशनको स्थापना गरेर रमेश शिलवालले केपी ओलीलाई खेलकुदसंग जोड्ने काम गरे, सार्वजनीक फोरम उपलब्ध गराए । ओली विस्तारै पार्टी नेतृत्व हुदै राष्ट्रिय राजनीतिमा आफुलाई स्थापित गर्न सफल रहे । पार्टी राजनीतिमा समेत ओली युवा संघको अध्यक्ष हुदाँ सिलवालले सचिवको रुपमा काम गरेका थिए ।

राजनीतिक यात्रामा सधै नजिक रहेर काम गरेको शिलवाल प्रधानमन्त्री ओलीका विश्वासीला पात्र मध्येका एक हुन् । खेलकुद र शिक्षा क्षेत्रको बिषयमा गरिने निर्णयमा प्रधानमन्त्री ओलीले शिलवालसंग सल्लाह लिने गरेको तत्कालिन एमाले निकट नेताहरु बताउँछन् । उनै शिलवाल यतिबेला राखेपको सदस्य सचिवका सबैभन्दा बलियो प्रत्यासी बनेका छन् ।

शिलवाल खेलकुद क्षेत्रका लागि नयाँ नाम होईन । मदन भण्डारीको नाममा तत्कालिन एमाले (अहिले नेकपा)ले गर्ने खेलकुद गतिविधि उनैले सुरु गरेका थिए । नेपाल क्रिकेट संघ क्यान आईसीसीको निलम्बनमा पर्दा सरकारले शिलवालकै नेतृत्वको क्यानको तदर्थ कमिटि गठन गरेको थियो । प्रधानमन्त्रीकै जोडमा उनी कमिटिको संयोजक बन्न तयार भएका थिए । शिलवालकोे शिक्षा क्षेत्रमा समेत बलियो पकड छ । नीजि विद्यालयको छाता संगठन हिसानका अध्यक्ष समेत रहेका शिलवालले शिक्षा क्षेत्रमा समेत ठुलो प्रभाव जमाएका छन् ।

दानबहादुर तामाङ

तत्कालिन माओवादी र तत्कालिन एमालेको जोड हो, नेकपा । पाटी एकतासंगै जनवर्गिय संगठनको एकीकरणको समय खेलकुद महासंघको नेतृत्व तत्कालिन एमालेको पोल्टामा गयो । एमालेभित्र माधव नेपाल समुहको रुपमा चिनिने पुरुषोत्तम पौडेल खेलकुद महासंघको संयोजक भए , उपसंयोजक माओवादीबाट शिव कोईराला चुनिए ।

महासंघको नेतृत्व एमालेको पोल्टामा परेको अवस्थामा सदस्य सचिव आफुहरुको हुनुपर्ने भन्दै तत्कालिन माओवादी निकट खेलहरु नेताहरुले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’संग लबिङ गरिरहेका छन् । यदी सदस्य सचिव नियुक्तीमा प्रचण्ड हाबी भएको अवस्थामा पहिलो रोजाईमा दानबहादुर तामाङ पर्नेछन् । उनी तत्कालिन माओवादी समुहबाट सदस्य सचिवका सबै भन्दा बलिया दाबेदार हुन् ।

भलिबल संघको अध्यक्ष समेत भईसकेका तामाङ आर्थिक रुपमा समेत निकै बलिया पात्र हुन् । तत्कालिन एमालेभित्रको खेलकुद राजनीतिमा गुटको सिकार भएपछि उनी बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिको खेलकुद विभागमा जोडिएका थिए । तर पछि उनी माओवादी अध्यक्ष प्रचण्डको सम्पर्कमा पुगे । पार्टी र नेतृत्वलाई सक्दो आर्थिक सहयोग गरेका उनलाई राजदुत वा अन्य कुनै महत्वपुर्ण राजनीतिक नियुक्तीको बाचा गरिएको थियो । सदस्य सचिवका लबिङ गर्न प्रचण्ड निवास खुमलटार पुग्ने जो कोहीसंग नेतासंग दाहालले दानबहादुरको नाम लिने गरेको छन् ।

यिनी त भए सदस्य सचिवको दोबदारका रुपमा देखिएका प्रमुख पात्रहरु ।

तर साना–ठुला दर्जन बढी नेता राखेपको आगामी नेतृत्वका लागि हानथाप गरिरहेका छन् । वर्तमान राखेपका बोर्ड सदस्य सुदील शाही देखि ईन्दिरा निरौला लगायतले सदस्य सचिव नियुक्तीमा सक्दो लबिङ गरिरहेका छन् । खेलकुद महासंघका सह संयोजक बनेका तत्कालिन माओवादीका शिव कोईराला समेत सदस्य सचिवका प्रत्यासी हुन् ।

झापा घर भएका प्रधानमन्त्री ओली निकट तत्कालिन युवा संघ नेपालका उपाध्यक्ष गोबिन्द थापा समेत सदस्य सचिवको दाबेदारको रुपमा जोडिन आई पुगेका छन् । तर नेकपाको आन्तरिक राजनीतिक नजिकबाट बुझेका एक नेताका अनुसार, प्रधानमन्त्री ओलीले आफु निकट कुनैपनि पात्रलाई सदस्य सचिवको जिम्मेवारीमा पठाउन सक्नेछन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

एट्लेटिकोलाई सहज, बार्सिलोनालाई दबाब कायमै

एट्लेटिकोलाई सहज, बार्सिलोनालाई दबाब कायमै

इशान किशन बने हैदराबादका कप्तान

इशान किशन बने हैदराबादका कप्तान

जापानले महिला एसियन कपको फाइनलमा

जापानले महिला एसियन कपको फाइनलमा

झापामाथि आर्मीको एकतर्फी जित

झापामाथि आर्मीको एकतर्फी जित

भिआइटी गण्डकीको मुख्य प्रायोजक

भिआइटी गण्डकीको मुख्य प्रायोजक

संकटाको प्रभावशाली सुरुआत

संकटाको प्रभावशाली सुरुआत

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा