दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

काठमाडौं । क्रिकेटका दीपेन्द्र सिंह ऐरी र कराँतेकी एरिका गुरुङले एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ वर्ष खेलाडीको उपाधि जितेका छन् ।
पोखरामा बुधबार भएको भब्य कार्यक्रममा पुरुषतर्फ क्रिकेटका दीपेन्द्र र महिला विधामा कराँतेकी गुरुङ वर्ष खेलाडी घोषित भएका हुन् ।
भलिबलका हिमाल सुनारीले पिपल्स च्वाईस अवार्ड हात पार्दै लोकप्रिय विधाको उपाधि चुम्दा २०२० सालदेखि खेल जीवनमा योगदान गरेका खड्ग रानाभाटलाई लाइफटाईम एचिभमेन्ट अवार्डबाट पुरस्कृत गरिएको छ ।
पलेशा गोवर्धनको प्रशिक्षक रहदै आएका कविराज नेगी वर्ष प्रशिक्षक घोषित हुदाँ विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा रजत पदक जितेकी प्रभा आङदेम्बेले पारा एथ्लेट अवार्ड हात पारिन् ।
तेक्वान्दोमा ९ डान पाउने तुलसी गुरुङलाई एनएसजेएफ स्पेशल अवार्ड प्रदान गरिएको कार्यक्रममा बंगलादेशी खेलकुद पत्रकार मोहम्मद हसन उल्लाह खानले एसियन स्पोर्ट्स जर्नलिस्टको अवार्ड हात पारे ।
नेपाललाई यू–१९ महिला विश्वकपमा छनोट गराउन महत्वपुर्ण भूमिका खेलेकी क्रिकेटकी पुजा महतोले युवा वर्ष खेलाडीको अवार्ड जितिन् ।
राष्ट्रिय खो खो टिम यस वर्षको टिम अफ द इयर घोषित भयो । भारतको नयाँ दिल्लीमा भएको पहिलो खो खो विश्वकपमा रजत जित्न सफल पुरुष र महिलाको टिमलाई टिम अफ द इयरबाट पुरस्कृत गरिएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्दै आएको स्पोर्ट्स अवार्ड पहिलो पटक काठमाडौं बाहिर पोखरामा आयोजना गरिएको हो ।












-1767840835858.webp&w=3840&q=75)


