एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडले आगामी सिजनका लागि नयाँ जर्सी सार्वजनिक गरेको छ ।
रियलले सन् २०१९/२० का लागि नयाँ जर्सी सार्वजनिक गरेको हो । एडिडास कम्पनिले निर्माण गरेको नयाँ जर्सी रियलको ट्रेडमार्क रङ्ग सेतो र सुनौलो रङ्ग प्रयोग गरिएको छ ।
हालै सकिएको सिजन रियल मड्रिड तेस्रो स्थानमा रहेको थियो ।
आगामी सिजन भने रियल उपाधि जित्न चाहन्छ । जसको लागि रियलले चेल्सीका स्टार इडेन हजार्डलाई समेत अनुबन्ध गरिसकेको छ ।
