• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
अब ‘कमेन्टेटर’ ममता !
विश्वास थापा
शुक्रबार, जेठ २४, २०७६ विश्वास थापा
अब ‘कमेन्टेटर’ ममता !

काठमाडौँ । कलेज पढ्ने बेला उनी ‘कमर्स’ संकायमा भर्ना भएकी थिईन । तर बुवाले थाहा नपाउने गरि ‘फ्याकल्टी’ परिवर्तन गरिदिए । पछि उनले बुवालाई गएर सोधेकी थिईन, किन यस्तो गर्नु भा भनेर ?

बुवाले अंग्रेजी धेरै हुने कोर्स पढ्नका लागि त्यसो गरेका रहेछन् । उनको चाहाना छोरी पछि गएर क्रिकेट ‘कमेन्टेटर’ बनोस भन्ने रहेछ ।

करिब १० बर्षपछि बुवाको सपना ममता थापाले पुरा गरेकी छिन् । एपीवान टेलिभिजनको ‘कमेन्ट्री सेक्सन’ छिर्ने बेला उनले बुवालाई फोन गरेर टिभी खोल्न लगाएकी थिईन् । छोरीलाई कमेन्टेटरको रुपमा पाउँदा बुवाको खुट्टाले भुई छाडेका थिए ।

नेपालको महिला क्रिकेटमा ममता थापा कुनै नौलो नाम होईन । तर उनी ममता अब क्रिकेट कमेन्टेटरको रुपमा पर्दामा आएकी छिन् ।

१२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेट इंग्ल्याण्ड र वेल्समा जारी छ । विश्वको लोकप्रिय खेल प्रत्यक्ष हेर्न विश्व भरबाट खेल प्रेमी इंग्ल्याण्डमा पुगेका छन् ।

तर सबै खेलप्रेमी मैदानमै पुग्न सक्दैनन्, सबै समर्थक मैदानमा अटाउने कुरा पनि हुदैन । त्यसैले यस्ता प्रतियोगिता खेलप्रेमीहरुको सहजकताका लागि बिभिन्न सञ्चार माध्यमबाट प्रत्यक्ष प्रसारण गरिन्छ ।

मैदानमा पुगेर हेर्ने दर्शकले भन्दा घरमा बसेर खेल हेर्ने समर्थकले क्रिकेटको धेरै जानकारी पाउँछन् ।

टिभीमा खेल हेर्ने दर्शकले रिप्ले, कमेन्ट्री, इतिहास, कीर्तिमान जस्ता थुप्रै जानकारी पाउछन् । टिभीमा प्रत्यक्ष प्रशारण हेर्नुको मज्जा पनि त त्यही हो ।

कमेन्टेटरले खेलको बर्णन गर्ने शैलीले खेललाई थप रोमान्चक बनाउँछ ।

क्रिकेट कमेन्ट्रीको सुरुवात सन् १९२४ देखि सुरु भएको मानिन्छ । सन् १९२७ देखि मात्र प्रत्येक बलको कमेन्ट्री सुरु भएको हो ।

महिला कमेण्ट्री भने सन् २००७ पछि नियमिति हुन थाल्यो ।

क्रिकेटमा कमेन्ट्री गर्ने पहिलो महिला एलिसन मिचेल हुन् । उनले बीबीसीको टेस्ट म्याच स्पेसलबाट महिला कमेन्ट्रीमा ‘ईन्ट्री’ गरेकी थिईन् ।

अहिले आएर पुरुष मात्र नभएर महिला कमेन्टेटर उत्तिकै अब्बल छन्, छाएका छन् ।

जारी विश्वकपमा आईसीसीका २४ कमेन्टेटर छन् । त्यसमध्य ३ जना महिला छन् ।

एसियाको उदाउँदो क्रिकेट देश नेपालमा सन् २००१ देखि क्रिकेटको प्रत्यक्ष प्रशारण सुरु भयो ।

नेपालका बरिष्ठ पत्रकार दुर्गानाथ सुवेदी, अमन प्रताप अधिकारी र सन्तोष ओझाले पहिलो पटक नेपालको सरकारी च्यानल एनटीभीमार्फत युथ एसिया कपको फाईनल खेलको कमेन्ट्री गरेका थिए ।

१५ वर्षको ईतिहासमा पहिलो पटक नेपाली महिलाले कमेन्ट्रीमा पाईला चालेकी थिईन् । आईसीसी विश्व क्रिकेट लिग डिभिजनमा नेपाल र नामिबियाबीचको खेलमा सञ्चारकर्मी सिवानी थापाले कमेन्ट्री गर्दै नेपालको पहिलो महिला कमेन्टेटर बनेकी थिइन् ।

त्यसको तीन बर्षपछि राष्ट्रिय महिला क्रिकेट खेलाडी तथा पत्रकार ममता थापाले एपीवान टेलिभिजनमार्फत कर्णाली प्रदेश र प्रदेश १ को खेलबाट शुक्रबार कमेन्ट्रीमा ‘डेब्यु’ गरेकी छिन् ।

काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता सुरु भएको एक सातापछि महिला कमेन्टेटरले फेरी कमेन्ट्री सेक्सनको माइक उठाएकी हुन् ।

यसअघि नेपाली महिलाले क्रिकेट कमेन्ट्री नगरेका भने होइनन् । केही सञ्चारकर्मीले प्रतियोगिताको एंकरको रुपमा छोटो समय कमेन्ट्रीमा बिताएका थिए ।

तर पुरुष जस्तै खेल अबधिभर कमेन्टेटरको रुपमा बस्ने सिवानी थापापछि सञ्चारकर्मी सोनीका अर्याल हुँदै ममता थापा थपिन अाइपुगेकी छिन् ।

अन्तराष्ट्रिय खेलाडीको रुपमा कमेन्ट्रीमा उनले डेब्यु गरेकी छिन् । नेपालमा खेलाडीबाट कमेन्ट्रीमा पाईला चाल्ने पहिलो खेलाडी समेत ममता बनेकी छिन् ।

को हुन् त ममता थापा ?

नेपालले पहिलो पटक महिला क्रिकेट टिम घोषणा गर्दा १४ सदस्यीय खेलाडीमा परेको एक अनुहार हो, ममता थापा ।

सन् २००७ मा नेपालले पहिलो अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउदाँ उनी विकेटकिपरको भुमिकामा मलेसिया भ्रमण गरेकी थिइन् ।

फाइनल खेलमा बंगलादेशसंग पराजित हुदै नेपाल उप विजेताको रुपमा घर फर्किएको थियो । पहिलो प्रतियोगितामा ठुलो सफलता हात पार्दा तत्कालिन पुरुष खेलाडीले समेत आश्चार्य मान्दै महिला टिमलाई बधाई दिएको ममता याद गर्छिन् ।

ममताको जन्म भने भारतमा भयो । बुवा भारतीय सेनामा कार्यरत थिए । उनको बाल्यकाल उतै बित्यो ।

क्रिकेटमा पागल हुने देश भारत । ममताको समेत क्रिकेटमा दिल बस्यो । सबैले क्रिकेट खेलेको देख्दा उनले पनि ब्याट समाउन थालिन् ।

२०५८ सालमा बसाई सरेर उनको परिवार बाँके आयो । जति बेला उनी ४ कक्षामा पढ्थिन् ।

नेपालमा बस्न उनको परिवारले केही समय निकै संघर्ष गर्नु पर्यो ।

कक्षा ८ मा हुँदा उनी अन्तर विद्यालय क्रिकेट प्रतियोगितामा सहभागी भएकी थिईन् । जुन नेपाली महिला क्रिकेट ईतिहासकै पहिलो प्रतियोगिता थियो ।

वर्तमान नेपाली महिला राष्ट्रिय टोलीका उप कप्तान सिता राना मगर र ममता एउटै विद्यालयमा अध्ययन गर्थे ।

भारतीय संस्कारमा हुर्किएको परिवार भएकाले बुवाले उनलाई खेलकुदमा सधै प्रोत्साहन गरे । क्रिकेटमा आउनु अघि उनीसंग विद्यालयस्तरीय प्रतियोगिता बिरेन्द्र रनिङ सिल्डबाट ब्याटमिन्टन, भलिबल, फुटबल जस्ता खेलमा सहभागी भएको अनुभब थियो ।

एसएलसी लगत्तै उनी बाँकेको प्रतिनिधित्व गर्दै पहिलो पटक राष्ट्रिय खेलकुदमा सहभागी भइन् ।

प्रतियोगितामा आफ्नो क्षेत्रको उपकप्तान रहेकी उनले राम्रो प्रदर्शन गरिन् । सन् २००७ मा पहिलो पटक महिला क्रिकेट टिमको घोषणा हुदाँ उनी टिममा पर्न सफल भईन् ।
मलेसियामा भएको एसीसी महिला प्रतियोगिताको सुरुवाती दुई खेलमा उनी परिनन् ।

‘त्यो बेला बाथरुममा २-३ घण्टा बसेर रुन्थे । किन म खेल्न पाईन भनेर गम खान्थे । आफैलाई प्रश्न गर्थे र अझै मेहनत गर्नु पर्छ भन्ने लाग्थ्यो । त्यो बेला क्रिकेट करियरनै सकिएको भान हुन्थ्यो ।’

सेमिफाइनल खेलमा हङकङबिरुद्व विकेट किपकको भूमिकामा उनीले डेब्युको मौका पाईन् । उनले २ क्याच र १ स्टम्पिङ गरिन् ।

सो खेलमा ब्याटिङको पालो नआए पनि नेपालले ७ विकेटले ऐतिहासिक जित दर्ता गर्दै फाईनल पुगेको थियो ।

सन् २०१२ सम्म राम्रो देखिएको महिला क्रिकेटको विस्तारै ओरालो यात्रा सुरु भयो । राज्यको लगानी र प्राथमिकतामा नपर्दा महिला क्रिकेट पछाडी परेको उनी बताउँछिन् ।
‘अन्य देशले क्रिकेटमा लगानी गर्दै गए । तर हामीलाई बाटो देखाउने र लगानी गरिदिने मान्छेको कमी भयो ।’ उनी थप्छिन्, ‘हामी पछि परेको भन्दा अरु राष्ट्र अघि बढेका हुन् ।’

सन् २००८ को यु–१९ एसीसी महिला च्याम्पियन्स लिगमा उनी उत्कृष्ट विकेट किपर ब्याट्स वुमन घोषित भएकी थिइन् ।

तर प्रतियोगितामा उत्कृष्ट विकेट किपरलाई उपहार दिने चलन नहुदाँ खाली हात फर्कनु परेको तितो अनुभब उनीसंग छ । यद्दपी उनले म्याच अफिसियलबाट मायाको चिनो स्वरुप सेतो बल पाएकी थिईन् ।

सन् २०१४ को एसियन गेम्स खेलेकी ममताले त्यसका केही बर्ष प्रतियोगिताको मुख देख्न पाईनन् । त्यसपछि उनी घर व्यवहार र जिवनका विविध पक्षसंग भुल्दै गईन् । समयको अभाव हुदै गयो, क्रिकेटको ब्याट दैनिक जिवनबाट टाढा हुदै गयो । सोही कारण उनले राष्ट्रिय टिममा पुनरागमन गर्न सकिनन् ।

नेपालमा बिस्तारै फ्रेन्चाईज लिगको मौसम सुरु भएको छ । त्यसैले गर्दा राष्ट्रिय टोलीमा उनले पुनरागमन गर्न सक्ने सम्भावना खुलाईन् ।

तत्काल सन्यास लिने उनको सोच छैन । तर खेलाडी पछाडीको जिवन मिडिया र कमेन्ट्रीमा बिताउने उनले योजना छ ।

नेपालबाट विश्वकप खेल्ने उनको अर्को लक्ष्य छ ।

ममताले टिभीमा पहिलो पटक कमेन्ट्री गरेपनि यसअघि उनले थुप्रै घरेलु प्रतियोगितामा ग्राउण्ड कमेन्ट्रीको अनुभब बटुलेकी छिन् ।

‘क्रिकेट कमेन्ट्री गर्न चाहनेले सुरुमा क्रिकेट बुझेको हुनुपर्छ । क्रिकेटबाट टाढिन नसक्ने भएर मैले कमेन्ट्रीमा पाइला चालेको हुँ ।’ उनी थप्छिन्, ‘कमेन्ट्री गर्न सजिलो छैन । फरर बोल्न सक्ने मान्छे पनि प्रत्यक्ष कमेन्ट्रीमा आउँदा बोल्न नसक्ने हुन्छन् ।’

सुरुका दिनमा अफ्ठ्यारो भएपनि बिस्तारै आफ्ना सहकर्मीले साथ दिंदा काम सहज भएको उनी बताउँछिन् ।

पुरुषले मात्र कमेन्ट्री गर्न सक्छन भन्ने मान्यता तोड्न आफुले यस क्षेत्रमा हात हालेको उनी बताउछिन् ।

‘आउने दिनमा अन्य खेलाडीले समेत खेल जीवनपछि कमेन्ट्री गर्दै जिविकोपार्जन गर्न सक्छन् ।’ उनी भन्छिन् ।

खेलाडी र कमेन्टेटरको भुमिकामा देखिएकी ममताको फरक अनुभव छ ।

‘कमेन्ट्रीमा हुँदा समेत आफै मैदानमा गएर खेलौ जस्तो हुन्छ ।’ उनले भनिन्, ‘सामान्य रुपमा हेर्दा खेल्न भन्दा अरुले खेलेको बयान गर्न सहज हुन्छ भन्ने लाग्न सक्छ, तर वास्तविकता उल्टो हुन्छ ।’

नयाँ खेलाडीलाई उनी खेलसंगै पढाईलाई समेत ख्याल राख्न सुझाब दिन्छिन् । पढाई राम्रो भएपछि खेल जीवनपछि खेलाडीलाई सहज हुने उनको अनुभव छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पाँच खेलाडी काठमाडौं गोर्खाजको गुडवील एम्बासडर
पाँच खेलाडी काठमाडौं गोर्खाजको गुडवील एम्बासडर
नेपाल र वेस्ट इन्डिजबीच हुने सिरिजको खेल तालिका हेरफेर
नेपाल र वेस्ट इन्डिजबीच हुने सिरिजको खेल तालिका हेरफेर
स्टार्कले टी–२० आई क्रिकेटबाट लिए सन्न्यास
स्टार्कले टी–२० आई क्रिकेटबाट लिए सन्न्यास
नेपाल ‘ए’ ले जित्यो सिरिज
नेपाल ‘ए’ ले जित्यो सिरिज
द्रविडले राजस्थान छाडे
द्रविडले राजस्थान छाडे
हिमालयन शेर्पाको संघर्षपूर्ण जित
हिमालयन शेर्पाको संघर्षपूर्ण जित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
हार्न होइनौं, जित्न ताजकिस्तान आएका हौं : नवीन
हार्न होइनौं, जित्न ताजकिस्तान आएका हौं : नवीन
प्रिमियर र क्वासन च्याम्पियन
प्रिमियर र क्वासन च्याम्पियन
अपराजित रहँदै संकटा एन्फा महिला लिगमा छनोट
अपराजित रहँदै संकटा एन्फा महिला लिगमा छनोट
देशलाई पदक दिलाउन माहिर विजय
देशलाई पदक दिलाउन माहिर विजय
नेपाल र वेस्ट इन्डिजबीच हुने सिरिजको खेल तालिका हेरफेर
नेपाल र वेस्ट इन्डिजबीच हुने सिरिजको खेल तालिका हेरफेर
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रवन्ध सम्पादक हिम विक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP