काठमाडौं । मोनास्टिक पब्लिक दोश्रो कौस्तुभ कप छात्र फुटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेको छ ।
कौस्तुभ एकेडेमीद्वारा आयोजित प्रतियोगिताको पहिलो सेमिफाइनलमा मोनास्टिकले नेक्ससलाई टाइब्रेकरमा ४–१ गोलले पराजित गर्यो । मोनास्टिकका रुपेश गज्मेर ‘म्यान अफ द म्याच’ घोषित भए ।
बेस्ट ग्रुप हिमचुलीलाई ५–१ गोलले हराउदै सेमिफाइनलमा पुग्यो । बेस्ट ग्रुपका विशाल अधिकारी ‘म्यान अफ द म्याच’ चुनिए । बेस्ट ग्रुपले फाइनल प्रवेशका लागि ग्लोबलसंग शुक्रबार प्रतिस्पर्धा गर्ने छ ।
दोश्रो सेमिफाइनलको विजेताले शनिबार उपाधिका लागि मोनास्टिक विरुद्ध खेल्ने छ ।