काठमाडौं । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले अहिले चाईनिज ताईपेसँग प्रतिस्पर्धा गरिरहेको छ ।
चाईनिज ताईपेको मैदानमा जारी खेलको पहिलो हाफ सकिदा नेपाल १-० ले पछि परेको छ । नेपालले खेलको ४० औं मिनेटमा गोल खाएको हो । चाईनिज ताईपेका उ चुन चिङले गोल गरे ।
नेपाली टोली नियमित कप्तान विराज महर्जनबिना मैदान उत्रने भएको छ । नेपाली टोलीको कप्तानी किरण चेम्जोङले गरिरहेका छन् ।
विश्वकप छनोटको तयारीमा रहेको नेपालले विशेष तयारीका लागि मैत्रीपूर्ण खेल खेलिरहेको हो ।