काठमाडौं । नेपालले अहिले चाईनिज ताईपेसँग मैत्रीपूर्ण खेल खेलिरहेको छ ।
चाईनिज ताईपेको मैदानमा जारी खेलमा नेपाल घरेलु टोलीसंग १-० ले पछि परेको छ । नेपालले खेलको ४० औं मिनेटमा गोल खाएको हो । चाईनिज ताईपेका उ चुन चिङले गोल गरे ।
नेपाली टोली नियमित कप्तान विराज महर्जनबिना मैदान उत्रने भएको छ । नेपाली टोलीको कप्तानी किरण चेम्जोङले गरिरहेका छन् ।
विश्वकप छनोटको तयारीमा रहेको नेपालले विशेष तयारीका लागि मैत्रीपूर्ण खेल खेलिरहेको हो ।