एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्ट्राइकर नेयमार ब्राजिलियन टोलीको प्रशिक्षणमा सामेल भएका छन् । घरेलु मैदानमा आयोजना हुने कोपा अमेरिकाका लागि जारी प्रशिक्षणमा नेयमार आइतबारबाट सामेल भएका हुन् ।
फ्रान्सबाट आफ्नो व्यक्तिगत हेलिकप्टरबाट शनिबार ब्राजिल पुगेका नेयमार आइतबारबाटै प्रशिक्षण सुरु गरेका हुन् । यस्तै नेयामारले आफु प्रशिक्षणमा ढिला सामेल भएकोमा क्षमायाचना गरेको समेत बताईएको छ ।
नेयमारसंगै म्यानचेस्टर सिटीका ग्राबियल जिसस पनि प्रशिक्षणमा सामेल भएका छन् ।
ब्राजिलमा आयोजना हुने कोपा अमेरिका आगामी जुन १४ बाट सुरु हुँदैछ ।

