काठमाडौ । विप्लब नेतृत्वको नेकपा माओबादीको बन्दको कारण आज (सोमबार) हुने भनिएको सी डिभिजन लिगको छनोट खेल प्रभावित भएको छ ।
बन्दको कारण आज निर्धारिण गरिएको दुई खेल स्थगित भएकाे अखिल नेपाल फुटबल संघ एन्फाका लिग संयोजक संजिब मिश्रले खेलपाटीलाई बताए ।
खेल ललितपुरको बुद्धि विकास मैदानमा हुने तालिका थियो ।
स्थगित खेल भोली मंगलबार सञ्चालन गरिने मिश्रको उल्लेख गरे ।
समुह सी अन्तर्गत आजको पहिलो खेलमा जोरपाटी एफसी र डाइना माइटबीच खेल हुने तालिका थियो ।
आजनै समुह डीको खेलमा साम्याक्या युथ क्लब र नव नेपाल क्लबबीच प्रतिस्पर्धा हुने तालिका थियो ।
यस अघिका खेलमा विजयी हुँदै सरस्वतीनगर र इमाडोल युथ क्लब दोस्रो चरणमा प्रवेश गरिसकेका छन् ।
३८ टिम सहभागी प्रतियोगिमा १२ समुह रहेको छन् ।
प्रत्येक समुहका विजेता दोस्रो चरणमा पुग्नेछन् ।
नकआउट आधारमा खेलिने प्रतियोगिताको उत्कृष्ट तीन टिम सी डिभिजनमा बढुवा हुनेछन् ।