काठमाडौं । श्रमशीलले दोश्रो कौस्तुभ कप फुटबल प्रतियोगितामा शुक्रबार जित हात पारेको छ ।
श्रमशीलले सिद्धार्थ बनस्थलीलाई २–० गोलले पराजित गर्यो । दुवै गोल ‘म्यान अफ द म्याच’ नवीन ढकालले गोल गरे ।
कौस्तुभ एकेडेमीद्वारा आयोजित प्रतियोगितामा शुक्रबार नेक्सस र नेपाल ताराले पनि सफलता पाए ।
नेक्ससले डेन्सलाई ९–० गोलले हरायो । नेक्ससका दिप्लव राई ‘म्यान अफ द म्याच’ बने । नेपाल ताराले एकलब्यलाई २–० गोलले पाखा लगायो । नेपाल ताराका सुमित गोन्डोल ‘म्यान अफ द म्याच’ भए ।