एजेन्सी । बार्सिलोनाका लिजेण्ड जाभी हर्नान्डेजले कप्तान लियोनल मेस्सीसँग बार्सिलोनालाई च्याम्पियन्स लिगको उपाधि दिलाउन सक्ने क्षमता भएको बताएका छन् ।
जाभीले पूर्व प्रशिक्षक पेप ग्वार्डिओलाको प्रशिक्षणमा बार्सिलोनाले २ पटक च्याम्पियन्स लिग जितेको बताउँदै फेरी बार्सिलोनालाई च्याम्पियन्स लिग जिताउन मेस्सीसंग क्षमता रहेको बताए ।
‘पेप अघि हामीले एक मात्र च्याम्पियन्स लिग जितेका थियौं । हामीले अझ धेरै जित्न सक्थ्यौं ।’ बार्सिलोनाका पूर्व प्ले मेकर हर्नान्डेजले, ‘अन्य टिमभन्दा बार्सिलोनामा ग्वार्डिओला उत्कृष्ट थिए । तर, हामीले ४ पटकमा २ मात्र जित्यौं किनकी इन्टर मिलान र चेल्सीले हामीलाई हराएका थिए । तर, मलाई विश्वास छ मेस्सीले अरु जित्नेछ ।’
बार्सिलोना यस सिजन च्याम्पियन्सको सेमिफाइनलबाट बाहिरिएको थियो । तर, हर्नान्डेजले आगामी सिजन मेस्सीले क्लबलाई उपाधि दिलाउनेमा विश्वस्त रहेको बताए ।