एजेन्सी । इन्ग्लिश क्लब म्यानचेस्टर युनाईटेडले नयाँ सिजनको लागि नयाँ जर्सी सार्वजनिक गरेको छ ।
युनाईटेडले बिहिबार आगामी सिजनको लागि होम जर्सी सार्वजनिक गरेको हो । एडिडास कम्पनिको नयाँ जर्सीमा युनाईटेडले पाउल पोग्बा, जेसे लिंगार्ड लगायतलाई मोडल बनाएको छ ।
युनाईटेडको ट्रेडमार्क रंग रातो रंगको रहेको छ । यस्तै जर्सीमा युनाईटेडले सन् १९९९ को सिजनलाई ट्रिब्युट गरिएको छ । जुन समय युनाईटेडले वायर्न म्युनिखलाई हराएर च्याम्पियन्स लिग जितेको थियो ।

यस सिजन युनाईटेडले छैटौं स्थानमा रहेर लिग सकाएको थियो । सुरुवाती खेलमा उत्कृष्ट प्रदर्शन गर्न नसकेको युनाईटेडले प्रशिक्षक जोसे माउरिन्होलाई बर्खास्त गरेपछि भने सुधारिएको खेल प्रदर्शन गरेको थियो ।
ओले गुनार सोलास्यरलाई प्रशिक्षक नियुक्त गरेपछि युनाईटेडले छैटौं स्थान हासिल गरेको थियो ।




