• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
घरेलु मैदानमा पहिलो जित निकाल्ने मनाङकाे दाउ
नमीन ढकाल
मंगलबार, वैशाख ३१, २०७६ नमीन ढकाल
घरेलु मैदानमा पहिलो जित निकाल्ने मनाङकाे दाउ

काठमाडौ । लिग च्याम्पियन सिग्नेचर मनाङ मस्र्याङ्दी क्लबले एएफसी कपको चौथो खेलमा भारतीय क्लब मिनर्वा पञ्जाबसंग खेल्दैछ । घरेलु मैदानमा हुने खेलमा मनाङले बुधबार भारतीय आई लिग च्याम्पियन क्लबसंग प्रतिस्पर्धा गर्न लागेको हो ।

मनाङका प्रशिक्षक छिरिङ लोप्साङले भारतीय आईलिग च्याम्पियन मिनर्वासँग दोस्रो लेगको खेलमा स्पष्ट तीन अंकका लागि खेल्ने बताएका छन् ।

‘हामी मिनेर्वासँग स्पष्ट तीन अंकका लागि खेल्छौँ ।’ अभ्यासको क्रममा एन्फा टेक्निकल सेन्टरमा भेटिएका उनले खेलपाटीसंग भने ।

‘हामीसँग बराबरीको पनि विकल्प छैन । हामीले सुरुवाती दुई खेलमा पराजय भोगिसकेका छौँ, अब अगाडी बढ्न जित आवश्यक छ ।’ प्रशिक्षक छिरिङले भने ।
मनाङले यसअघि भएको तीन खेलमा एक बराबरी खेलेको छ । दुई खेलमा हार ब्यहोरिसकेको छ ।

सुरुवाती तीन खेलबाट मनाङले समुह ईमा मात्र १ अंक जोडेको छ ।

मनाङले एएफसी कपको पहिलो खेलमा बंगलादेशको अवहानी लिमिटेडसँग १–० गोल अन्तरले पराजित भएको थियो ।

दोस्रो खेलमा भारतीय सुपरलिग च्याम्पियन चेन्नईन एफसीसँग २–० गोल अन्तरले पराजित भयो । मनाङले पहिलो लेगमा मिनर्वासँग २–२ को बराबरी खेलेको थियो ।
मनाङले एएफसी कपमा मिनर्वासँग तेस्रो हप्तामा दोस्रो पटक भिड्न लागेको हो ।

अप्रिल १ मा मनाङले कालिङ्गा रंगशालामा भएको खेलमा २–२ को बराबरी खेलेको हो । लगातारको खेलले मनाङलाई केही सहज हुने प्रशिक्षक छिरिङको भनाई छ ।
‘हामीले लगातार मिनर्वासँग खेल्दैछौँ । अब घरमा खेल्न केही सहज हुनेछ । समर्थकको पनि राम्रो साथ रहनेछ ।’ उनले भने ।

उनले यसअघिको खेलमा राम्रो खेल्दा समेत गोल ननिस्कदाँ अन्तिममा बराबरीमा रोकिएको बताए । ‘हामीले अवे खेलमा पनि राम्रो खेलेको हो । बारम्बार खेलमा हाबी भएपनि पाएको पेनाल्टी सहित केही राम्रो अवसर सदुपयोग गर्न सकेनौँ । अब त्यस्तो हुँदैन ।’ उनले भने ।

मनाङले यस अघि दुई खेल खेलेका भारतीय डिफेन्डर मोहम्मद आसिफलाई फिर्ता पठाएको छ । प्रशिक्षक छिरिङले आसिफलाई रिलिज गरेको बताए ।

‘हामीसँग अन्य दुई राम्रा डिफेन्डर छन् । उनीहरु बेन्चमा बसेका छन् । आसिफले पनि घरायासी समस्या देखायो । हामीले रिलिज गरेको छौँ ।’ उनले भने ।

अव मनाङले मिनर्वासँगको खेलमा आफिजको स्थानमा देबेन्द्र तामाङ र साहिद अजिज मध्य एकलाई स्थान दिनेछ ।

यता, मनाङका कप्तान विराज महर्जनले पनि मिनर्वाविरुद्व जितका लागि खेल्ने बताए ।

‘हामी मिनर्वासँग स्पष्ट तीन अंकका लागि खेल्छौँ ।’ उनले भने ।

‘सबै खेलाडी तयारी छौँ । तयारी राम्रो रहेको छ । भुवनेश्वरबाट फर्किए लगत्तै तयारीमा जुट्यौ । त्यसैले सहज हुनेछ ।’ उनले भने ।

दुई खेलमा जित र एक बराबरी खेलेको चेन्नईन ७ अंकका साथ शीर्ष स्थानमा छ ।

एक जित एक बराबरी र एक हारका साथ ४ अंक रहेको अवहानी लिमिटेड दोस्रो स्थानमा छ ।

तीन खेलमा तीनै बराबरी खेलको मिनर्वा तेस्रो स्थानमा र मात्र १ अंक जोडेको मनाङ समुहको अन्तिम स्थानमा छ ।

समुह ई को विजेताले मात्रै अघिल्लो चरणको यात्रा तय गर्नेछ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जित्न चाहने कप्तान मार्टिनेज
जित्न चाहने कप्तान मार्टिनेज
एन्फा यु-१६ लिगको उद्घाटन खेलमा श्री भगवती र मनाङ भिड्ने
एन्फा यु-१६ लिगको उद्घाटन खेलमा श्री भगवती र मनाङ भिड्ने
कप्तान किरण ब्रान्ड एम्बेसडर
कप्तान किरण ब्रान्ड एम्बेसडर
आक्रमण लाइन मजबुत बनाउँदै चेल्सी
आक्रमण लाइन मजबुत बनाउँदै चेल्सी
रोनाल्डोको ध्यान छैटौं पटक विश्वकप खेल्नेतिर
रोनाल्डोको ध्यान छैटौं पटक विश्वकप खेल्नेतिर
केन्द्रमा मेसी
केन्द्रमा मेसी
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
जित्न चाहने कप्तान मार्टिनेज
जित्न चाहने कप्तान मार्टिनेज
भुटानसँग नेपालले टस जित्यो
भुटानसँग नेपालले टस जित्यो
६३ कराते खेलाडी श्रीलंका प्रस्थान
६३ कराते खेलाडी श्रीलंका प्रस्थान
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
एन्फा यु-१६ लिगको उद्घाटन खेलमा श्री भगवती र मनाङ भिड्ने
एन्फा यु-१६ लिगको उद्घाटन खेलमा श्री भगवती र मनाङ भिड्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP