एजेन्सी । इन्ग्लिश प्रिमियर लिगको अन्तिम खेलमा लिभरपुलले जित निकालेको छ । आइतबार भएको खेलमा लिभरपुलले वुल्भ्सलाई २-० गोल अन्तरले पराजित गर्यो ।
घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन साडियो मानेले दुई गोल गरे । खेलको १७ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ८१ औं मिनेटमा मानेले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई २-० को जित दिलाए ।
वुल्भ्सलाई पराजित गरेपनि लिभरपुलले उपाधि जित्न सकेन । अर्को खेलमा म्यानचेस्टर सिटीले ब्राइटनलाई ४-१ गोल अन्तरले पराजित गरेपछि लिभरपुल उपाधि जित्न असफल भएको छ ।
लिभरपुल सिटीसंग १ अंकले पछि पर्यो । उपाधि जितेको सिटीले ३८ खेलबाट ९८ अंक जोड्यो । लिभरपुलले ९७ अंक जोड्यो ।