• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
प्रधानमन्त्री कप क्रिकेटमा एपीएफ च्याम्पियन फाइनलमा आर्मी ६ विकेटले स्तब्ध
खेलपाटी संवाददाता
सोमबार, जेठ २८, २०७५ खेलपाटी संवाददाता
प्रधानमन्त्री कप क्रिकेटमा एपीएफ च्याम्पियन

काठमाडौं । एपीएफ क्लबले एक्सेल्सिया कलेज प्रधानमन्त्री कप एक दिवशीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । सोमबार भएको फाइनलमा त्रिभूवन आर्मी क्लबलाई ६ विकेटले हराउँदैएपीएफ च्याम्पियन बनेको हो ।

 

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आर्मीले दिएको २१० रनको लक्ष्य पछ्याउने क्रममा अनिल शाह र प्रदिप ऐरीले समान ६३–६३ रनको योगदान दिए । ब्यक्तिगत १२ रन बनाउँदा सुवास खकुरेलले चोटका कारण मैदान छाड्दै रिटायर्ड भएपछि क्रिजमा आएका प्रदिप ऐरीसँग मिलेर अनिल शाहले पहिलो विकेटका लागि १३८ रनको साझेदारी गरेका थिए ।

३०.१ ओभरमा सोमपाल कामीको बलमा आउट हुनुअघि ऐरीले ९९ बलमा २ चौका र २ छक्का प्रहार गरे । त्यसको १ ओभरपछि बिक्रम सोवको बलमा आउट भएका अनिल साहले ७२ बलमा ४ चौका र ३ छक्का प्रहार गरेका थिए । अनिल साह फाइनलका ‘म्यान अफ द म्याच’ बने ।

त्यसपछि क्रिजमा आएका पृथु बाँस्कोटाले २४ बलमा ३२ रनको आक्रामक पारी खेले । एपीएफका लागि रोहितकुमार पौडेलले पनि १५ रनको योगदान दिए । खेलको अन्तिम समयमा सुवासले क्रिजमा फर्किएर २ रन थपे । करण केसीले अन्तिममा १५ रनको योगदान दिएपछि एपीएफले ४१.२ ओभरमा लक्ष्य भेट्टायो ।

बलिङतर्फ सोमपाल कामीले तीन विकेट लिँदा विक्रम सोवले १ विकेट हात पारे । एपीएफका चारैजना खेलाडी क्याचआउट भएका थिए र चारवटै क्याच विनोद भण्डारीले लिएका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले इनिङको अन्तिम बलमा सबै विकेट गुमाउँदै २०९ रनको मध्यम योगफल बनाएको थियो ।

आर्मीले ५६ रन बनाउँदा चार विकेट गुमाइसकेको थियो । यस क्रममा सागर पुन ५ रन, अनिल मण्डल १९, नरेश बुढाऐर २० रन र राजु रिजाल ६ रनमा पवेलियन फर्किए ।

भीम शार्कीले ४५ रनको योगदान दिएर पारी उकास्ने प्रयास गरे पनि उनी बसन्त रेग्मीको बलमा बोल्ड भए । आर्मीका लागि सबैभन्दा धेरै रन बनाउन खेलाडी भीमनै बने । सोमपाल कामीले ३६ र कप्तान विनोद भण्डारीले ३५ रन बनाए ।

बलिङतर्फ एपीएफका करण केसीले ३ विकेट लिए भने भुवन कार्की र बसन्त रेग्मीले २–२ विकेट हात पारे ।

उपाधिसँगै एपीएफले २० लाख रुपैयाँ पुरस्कार पायो भने उपविजेता बनेको आर्मीले १० लाख रुपैयाँमा चित्त बुझायो । प्रतियोगिताभर अलराउण्ड प्रदर्शन गरेका आर्मीका सागर पुन म्यान अफ द सिरिज चुनिए । उनले १ लाख रुपैयाँ पुरस्कार पाए । उनले ब्याटिङमा २११ र बलिङमा ११ विकेट लिएका थिए ।

त्यस्तै उत्कृष्ट बलर पनि आर्मीकै शुसान भारी बने । प्रतियोगिताको ६ इनिङमा सर्बाधिक १२ विकेट लिएका भारीले ३० हजार रुपैयाँ पुरस्कार पाए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना र नेपालयको व्यवस्थापनमा भएको प्रतियोगितामा एपीएफका प्रदीप ऐरी उत्कृष्ट ब्याट्सम्यान चुनिए । समूहचरणमा प्रदेश २ विरुद्ध प्रतियोगिताकै सर्वाधिक १५८ रनको शतकीय पारी खेलेका उनले फाइनलमा पनि ६३ रन बनाएका थिए । ६ इनिङमा कुल ३१५ रन बनाएका ऐरीले पनि ३० हजार रुपैयाँ पुरस्कार पाए । प्रदेश ४ का हरि चौहान उदीयमान खेलाडी चुनिदै ५० हजार नगद पुरस्कार हात पारे ।

विजेतालाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), खेलकुद मन्त्रालयका सचिव मोहनप्रकाश सापकोटा, राखेपका उपाध्यक्ष लामा टेन्डी शेर्पा, सदस्य–सचिव केशवकुमार विष्ट, कोषाध्यक्ष शैलेश कर्माचार्य, सदस्यत्रय गंगाबहादुर थापा, शकुन्तला नगरकोटी, उपेन्द्र पौडेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने
उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने
 दक्षिण अफ्रिकाले जित्यो विश्व टेस्ट च्याम्पियनसिप
 दक्षिण अफ्रिकाले जित्यो विश्व टेस्ट च्याम्पियनसिप
मधेशले जित्यो यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि
मधेशले जित्यो यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
रुपेश र किरण पहिलोपल्ट नेपाली राष्ट्रिय टोलीमा
रुपेश र किरण पहिलोपल्ट नेपाली राष्ट्रिय टोलीमा
क्यानडाको क्रिकेट टिममाथि सट्टेबाजी र फिक्सिङ गरेको आरोप
क्यानडाको क्रिकेट टिममाथि सट्टेबाजी र फिक्सिङ गरेको आरोप
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
प्रभावशाली बायर्न
प्रभावशाली बायर्न
पिएसजीको सानदार सुरुआत
पिएसजीको सानदार सुरुआत
झन्डै दुई महिना पर सर्यो महिला लिग छनोट
झन्डै दुई महिना पर सर्यो महिला लिग छनोट
मेसीलाई छायामा पारेका उस्टारी !
मेसीलाई छायामा पारेका उस्टारी !
उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने
उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP