काठमाडौं। मधेश रुपेश सिंह र सुदूरपश्चिम प्रदेशका किरण ठगुन्नाले पहिलोपल्ट नेपाली राष्ट्रिय टोलीमा स्थान बनाएका छन्।
नेपाल क्रिकेट संघ (क्यान)ले स्कटल्यान्डमा हुने त्रिदेशीय टी–२० आई सिरिज खेल्न शुक्रबार १५ सदस्सीय अन्तिम टोली घोषणा गरेको हो। उक्त टोलीमा रुपेश र किरण पनि अटाएका हुन्।
नेपालले घरेलु टोलीसँगै नेदरल्यान्ड्ससँग टी–२० सिरिज खेल्ने तय छ। टोलीमा लोकेश बमले पुनरागमन गर्नेछन्। यी दुई खेलाडी एकदिवसीय टोलीमा थिएनन्।
तीव्र गतिका बलर सोमपाल कामी र अलराउन्डर गुल्शनकुमार झाले भने यो सिरिज गुमाउने छन्। यी दुई खेलाडी आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको अन्तिम खेलअघि अभ्यास गर्दा घाइते भएका थिए।
