• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
दिल्लीकाे दिल अनि सन्दीप !
विश्वास थापा
शुक्रबार, वैशाख २७, २०७६ विश्वास थापा
दिल्लीकाे दिल अनि सन्दीप !

काठमाडौँ । सन्दीप लामिछाने, ग्लोबल आईकन हुन नेपाली खेलकुदको ।

विश्वका चर्चित फ्रेन्चाईज लिगमा ब्यस्त सन्दीप अहिले ईन्डियन प्रिमियर लिग आईपीएलमा छन् ।

उनीको टिम हो, दिल्ली क्यापिटल्स ।

दिल्लीले यस सिजन टिमको नाम परिवर्तन ग¥यो, बदलिएको परिचयसंगै दिल्लीले गज्जवको नतिजा निकालेको छ ।

त्यसैले त दिल्ली पहिलो इलिमिनेटर राउण्डमा सनराईजर्स हैदराबादको चुनौती पार गर्दै क्वालिफायरमा छनोट भएको छ ।

अब दिल्ली एक ऐतिहासिक सफलताको नजिक छ । शुक्रबार चेन्नेईलाई पराजित गर्न सकेमा दिल्ली पहिलो पटक आईपीएलको फाइनलमा प्रवेश गर्नेछ ।

यो त भयो दिल्लीको कुरा ।

अब कुरा सन्दीपको ।

सन्दीपलाई दिल्लीले पहिलो सिजन २० लाखको भाउ लगायो ।

एउटा रोचक टिप्पणी त्यो समय चल्यो, ‘दिल्लीले २० लाख सन्दीपलाई खर्चिएर ३ करोड नेपालीको समर्थन किन्यो ।’

पहिलो सिजनमा सन्दीपले सुरुमा मौकै पाएनन् । तर प्रतियोगिताबाट बाहिरिने अवस्थामा उसले सन्दीपलाई मैदान उतार्यो ।

सन्दीपले समेत दिल्लीको दिल राख्न कुनै कसर बाँकी राखेनन् । उनले प्रतिभाबाट प्रभावित भएर दिल्लीले दोस्रो सिजन समेत सन्दीपको नाममा रिटेन ग¥यो ।

पहिलो सिजन अन्तिमका तीन खेलमा मात्र मौका पाएका सन्दीपले उत्कृष्ट बलिङ गर्दै ५ विकेट चट्काएका थिए ।

सो प्रदर्शनबाट सारा विश्व क्रिकेट जगत मोहित बन्यो ।

त्यसैको बलमा उनले विश्वका चर्चित र महङ्गा फ्रेन्चाइज लिगमा आफ्नो खेल देखाउने मौका थिए । उनी एक बर्षमा धेरै फ्रेन्चाइज खेल्ने पहिलो खेलाडी बने ।

दोस्रो सिजन दिल्लीमा आबद्व सन्दीपबाट टिमले धेरै आश गरेको थियो । विश्व प्रशिद्व लेग स्पिनरबाट धेरै विकेट झार्ने दिल्लीको सपना थियो ।

उनले दिल्लीले सुरुवात दुई खेल छाडेर निरन्तर चार खेलमा मैदान उतार्यो ।

उनी केही महङ्गो सावित हुन पुगे ।

तर ४ खेलमा ५ विकेट हात पार्दै उनले टी ट्वान्टी क्रिकेटमा ५० विकेटको खुड्किलो पार गर्न सफल रहे ।

दिल्लीको खेलमा फिक्का देखिएका उनले पुन ३ खेलपछि प्लेईङ सेटमा पर्न सफल भए । पञ्चावविरुद्व तीन विकेटको जित निकाल्दा उनी स्टाइलिस्ट खेलाडी समेत घोषित भए ।

पुन एक खेलपछि मौका पाउँदा उनी विकेट विहिन रहे । उनले पुरै ओभर बलिङ गर्न समेत पाएनन् ।

दोस्रो संस्करणको आईपीएललाई नियाल्दा सन्दीप मैदानमा निकै संघर्षरत देखिन्छन् ।

सन्दीपको स्थानमा खेलाईएका भारतीय अनुभवी स्पिनर अमित मिश्रले पनि खासै ठुलो योगदान दिन सकेका छैनन् । उनले १० खेलमा ६ दशमलब ९१ को इकोनोमीमा मात्र १० विकेट हात पारेका छन् ।

यस्तै अफगानिस्तानका स्टार स्पिनर राशिद खान र मुजिब उर रहमानको पनि खासै लोभलाग्दो प्रदर्शन गरेका छैनन् ।

राशिदले १५ खेलमा १७ विकेट तथा मुजिबले ५ खेलमा मात्र ३ विकेट हात पारेका छन् । राशिदलाई उनको अल राउण्ड प्रदर्शनका कारण हैदराबादले नियमित खेलाडीको रुपमा राखेको छ भने मुजिबलाई पन्जाबले बिश्राम दिन उत्तम ठानेको हो ।

नेपाली स्टार सन्दीपको कुरा गर्दा उनले ६ खेलमा ८ विकेट हात पारेका छन् ।

उनी नियमित खेलमा नपर्नुको कारण भने उनले खर्चेको रन हो ।

बिभिन्न फ्रेन्चाइज टी ट्वान्टी लिगमा कम इकोनमिका कारण सबैलाई चकित पार्दै आएका सन्दीप आईपीएलमा भने महँङ्गा साबित भएका छन् ।

उनले आईपीएलमा प्रर्दशन ९ दशमलब १३ को इकोनोमीमा रहेको छ । अर्थात हरेक ओभरमा उनले करिब १० को हाराहारीमा रन दिएका छन्, जुन टी–ट्वान्टी खेलमा औसत भन्दा केहि माथि हो । सन्दीपलाई दिल्लीले नियमित बेञ्चमा राख्नुको कारण यही हो ।

स्पिनरतर्फ सर्वाधिक सफल खेलाडी यस सिजनमा चेन्नईका इमरान ताहिर छन् । उनले १५ खेलमा २३ विकेट हात पारेका छन् । उनले ६ दशमलब ६२ इकोनोमीमा बलिङ गर्दै सर्वाधिक विकेट लिने खेलाडीको दोस्रो स्थानमा उभ्याएका छन् ।

आईपीएल विश्व क्रिकेटको त्यस्तो मञ्च हो, जहाँ समकालिन क्रिकेटका उत्कृष्ट खेलाडीले आफुलाई प्रमाणित गर्ने कोशिश गर्छन् ।

हरेक टिमसंग कुनै पनि खेलाडीलाई नजिकबाट नियाल्न सक्ने प्रविधि तथा छुटै कमिटि हुन्छ, जसले बिपक्षीको कमजोरी र बलियो पक्ष नियाल्ने गर्छ ।

त्यसैले हरेक खेल अघि खेलाडी पुर्ण रुपमा तयारीका साथ मैदान प्रवेश गर्छन ।

हरेक खेलमा खेलाडीले आफ्नो शैलीमा फरकपन ल्याउन जरुरी हुन्छ । चाहे त्यो बलर होस् वा ब्याट्सम्यान ।

सन्दीपले पनि खेल्ने शैलीमा फरकपन नल्याउने हो भने उनी निरन्तर बेन्चमा रहने जोखिम बढ्दो छ ।

सन्दीपले आफ्नो बलिङ मात्र नभएर ब्याटिङमा पनि सुधार गरेर अल राउण्ड प्रदर्शन गर्न सक्छन्, राशिद खान त्यसका उदाहरण हुन् ।

मिडियासंगको भेटमा सन्दीपले बलिङमा भेरियसन ल्याउन जरुरी रहेको बताउँदै आएका छन् । क्रिकेट धेरै प्रतिस्पर्धात्मक भएको छ, एकै ओभरमा खेलाडीको कमिकमजोर छुट्याउन सकिन्छ ।

जसले समय र खेल अवस्था अनुसार आफुलाई ढाल्न सक्छ, उसले मात्र आफुलाई मैदानमा प्रमाणित गर्न सक्छ ।

सन्दिपले केहि समय अघि यस सिजन ७-८ खेल खेल्ने मौका पाए अर्को सिजन नियमित रुपमा टिममा पर्ने बताएका थिए । तर सन्दीपले यस सिजनका बाँकी खेलमा मौका पाउन निकै कठिन देखिन्छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेदरल्यान्ड्ससँग नेपालको बदला
नेदरल्यान्ड्ससँग नेपालको बदला
आर्यनले लिए कुशलको विकेट
आर्यनले लिए कुशलको विकेट
टी–२० आईमा कुशलको ११औं अर्धशतक
टी–२० आईमा कुशलको ११औं अर्धशतक
माइकलको आक्रामक ब्याटिङ, नेपाललाई मध्यम लक्ष्य
माइकलको आक्रामक ब्याटिङ, नेपाललाई मध्यम लक्ष्य
टी-२० आईमा भीमको डेब्यु
टी-२० आईमा भीमको डेब्यु
किरण र अनिललाई आराम
किरण र अनिललाई आराम
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपाली क्लबले एएफसी च्यालेन्ज लिग गुमाउने
नेपाली क्लबले एएफसी च्यालेन्ज लिग गुमाउने
एट्लेटिकोको जितमा पाब्लोको २ गोल
एट्लेटिकोको जितमा पाब्लोको २ गोल
अल–अहलीविरुद्ध पाल्मेइरसको जित
अल–अहलीविरुद्ध पाल्मेइरसको जित
क्लब विश्वकपमा मेसीको पहिलो गोल
क्लब विश्वकपमा मेसीको पहिलो गोल
नेदरल्यान्ड्ससँग नेपालको बदला
नेदरल्यान्ड्ससँग नेपालको बदला
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP