काठमाडौं। स्कटल्यान्ड टी-२० त्रिकोणात्मक सिरिजमा किरण ठगुन्नालाई आराम दिइएको छ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट लले उनलाई दुई खेलपश्चात् आराम दिएका हुन्। उनको स्थानमा भीम सार्कीले प्लेइङ ११ मा स्थान बनाएका छन्।
यस्तै, ओपनर अनिलकुमार साहले पनि नेदरल्यान्ड्सविरुद्ध स्थान बनाउन सकेनन्। उनको स्थानमा आसिफ शेख टोलीमा फर्किएका छन्।