ताप्लेजुङ । नेपाल पुलिस क्लबका ओपन स्पाइकर कुल बहादुर थापा (हरि) तेस्रो संस्करणको पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा उत्कृष्ट खेलाडी बनेका छन् ।
नेपाल पुलिस क्लबलाई उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेका कुल बहादुर उत्कृष्ट चुनिएका हुन् । उत्कृष्ट खेलाडी बनेसंगै कुल बहादुरले नगद १५ हजार प्राप्त गरेका छन् ।

यस्तै प्रतियोगितामा व्यक्तिगत विधामा पुलिसका खेलाडीको वर्चश्व रह्यो ।

उत्कृष्ट सर्भरमा पुलिसका विशाल बिक, सेटरमा कप्तान ईम बहादुर राना, डिफेन्डरमा भिम गाहा, ब्लकरमा दिपक राज जोशी र उत्कृष्ट प्रशिक्षक पुलिसकै सरोज श्रेष्ठ चुनिए । उत्कृष्ट स्पाइकरमा आर्मीका धन बहादुर भट्ट चुनिए ।

उत्कृष्ट हुनेले जनही ७/७ हजार नगद प्राप्त गरे ।



