ताप्लेजुङ । विभागीय टोली त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लब ताप्लेजुङमा जारी तेस्रो संस्करणको पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियागिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
मैवाखोला गाउँपालिकास्थित साँघुमा मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा आर्मीले प्रदेश २ लाई ३-० को सेटमा पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो ।

७ जना राष्ट्रिय टोलीका सदस्यसहित कोर्ट उत्रिएको आर्मीले प्रदेश २ लाई २५-१४,२५-१५ र २५-८ को सेटमा हरायो ।
अब आर्मीले फाइनल प्रवेशको लागि एपीएफसंग खेल्नेछ ।

क्वाटरफाइनलमा एपीएफले प्रदेश १ लाई ३-० कै सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । एपीएफले प्रदेश १ लाई २५-१५,२५-१४ र २५-२० को सेटमा हरायो ।

योसंगै प्रतियोगिताको सेमिफाइनल समीकरण समेत पुरा भएको छ । साविकको विजेता नेपाल पुलिस र गण्डकी प्रदेशले यसअघि नै सेमिफाइनलमा स्थान बनाईसकेका छन् ।
अब बुधबार हुने सेमिफाइनलमा आर्मीले एपीएफ र पुलिसले गण्डकी प्रदेशसंग प्रतिस्पर्धा गर्ने छन् ।
