एजेन्सी । ’हिरो भारतीय महिला लिग’को डेब्यु खेलमै नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर सावित्रा भण्डारीले गोल गरेकी छिन् ।
सेथु फुटबल क्लबमा भारतीय लिगमा अनुबन्धित भएकी सावित्राले खेल सुरु भएको २८ सेकेन्डमै गोल गरेकी छिन ।
उनी सुरुवाती ११ खेलाडीमा रुपमा मैदान छिरेकी थिईन् ।
मनिपुर पुलिस स्पोर्टस् क्लबविरुद्व मैदान उत्रिएको सेथुका लागि पहिलो खेलमै सावित्रा चम्किएकी छिन् ।
यस्तै क्लबले सावित्रालाई आफ्नो ट्रेडमार्क ९ नम्बरको जर्सी दिएको छ । सावित्राले राष्ट्रिय टिम र घरेलु लिगमा ९ नम्बरको जर्सी लगाउने गरेकी थिईन् ।
नेपालकी अर्की खेलाडी अनिता बस्नेत भने बैकल्पिक खेलाडीका रुपमा रहेकी छिन् ।