एजेन्सी । इङ्लिस प्रिमियर लिग फुटबलमा आज (सोमबार) राति एक महत्वपुर्ण खेल हुदैछ । उपाधि यात्राको सर्वाधिक बलियो टोली म्यानचेष्टर सिटीले घरेलु मैदानमा लेस्टर सिटीसंग प्रतिस्पर्धा गर्दैछ ।
उपाधिमा हात माथि राख्न सिटीलाई लेस्टरविरुद्व जितको विकल्प हुने छैन । लिगमा दुई चरणको खेल बाँकी छ ।
दुवै खेलमा जित निकालेमा सिटीलाई उपाधि रक्षामा कसैले रोक्न सक्ने अवस्था छैन । नतिजा तलमाथी परेको अवस्थामा उपाधि लिभरपुलको पोल्टमा जानेछ ।
सोमबार राति घरेलु मैदान उत्रदै गर्दा सिटीको उद्वेश्य सहज जित सहित शीर्ष स्थानमा पुनरागमन गर्दै उपाधि रक्षालाई मजबुत बनाउनु हुनेछ । तर पछिल्लो समय आक्रमक फुटबल खेलिरहेको लेस्टर भने सिटीलाई रोक्दै उपाधि यात्रालाई थप रोमाञ्च्क बनाउने योजनामा छ ।
इतिहाद स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ ।
म्यानचेष्टर सिटीका प्लेमेकर केभिन डि ब्रोयनले लगातार तेस्रो खेल गुमाउनेछन् ।
मिडफिल्डर फर्नान्डिन्हो मैदान उत्रनेमा आशंका छन् । क्लाउडियो ब्राभो लामो समय मैदान बाहिर रहने छन् ।
लेस्टरका प्रशिक्षक ब्रेन्डन रोडजरले कुनै खेलाडीमा नयाँ चोटको नदेखिएको बताए ।
ड्यानियल अमार्टे र म्याटी जेम्स भने लेस्टरको टिममा रहने छैनन् ।
सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले लेस्टर काउन्टर आक्रमणमा बलियो भएको बताउँदै निकै सचेत भएर खेल्नु पर्ने बताउँछन् । उनले लेस्टरका नयाँ प्रशिक्षक रोडजरको प्रसंशा गर्दै उनको नेतृत्वमा पछिल्लो समय क्लबले निकै प्रभावशाली प्रर्दशन गरेको बताए ।
‘प्रशिक्षकको रुपमा उनीसंग अविश्वसनिय गुण छ । पछिल्ला दुई महिनामा उनीहरुले जसरी खेलिरहेका छन् । जसरी उनी खेलाउन चाहेका छन् ।’ उनले भने ।
लेस्टरका प्रशिक्षक रोजडरले भने, ‘हामी यहाँ खेल्ने शैली विकास गर्न खोजिरहेका छौ । त्यो सिटी भन्दा फरक छैन । यदी तपाईसंग बल छैन भने बल फिर्ता ल्याउन तपाईसंग भोक हुन पर्छ । यदी तपाई बल प्राप्त गर्नुहुन्छ भने तपाई जित्ने अवस्थामा हुनुहुनेछ ।’