एजेन्सी । म्यानचेष्टर युनाईटेडका प्रशिक्षक आले गुनर सोल्सायरले च्याम्पियन्स लिगमा छनोट हुन क्लब लायक नभएको बताएका छन् । रेलिगेशन जोनमा रहेको हुडर्सफिल्डसंग बराबरी खेल्दै शीर्ष चारको होडबाट बाहिरिएपछि मुख्य प्रशिक्षक सोल्सायरले सो कुरा बताएका हुन् ।
रेलिगेशन जोनमा रहेको क्लबलाई पराजित गर्न असफल युनाईटेडले अर्को सिजन युरोपा लिगमा चित्त बुझाउनेछ । सोल्सायरले क्लबका केही खेलाडीलाई चेतावनी दिदै अर्को सिजन उनीहरु क्लबको जर्सीमा नदेखिने बताएका छन् ।
उनले भने, ‘हामी शीर्ष चारको लायक थिएनौ । हामी पछि लाग्यौ, उनीहरुलाई मौका दियौ । लिग निकै कठिन रह्यो ।’
‘हामीले अवसर पाएका थियौ । तर त्यसलाई सदुपयोग गर्न सकेनौ ।’ उनले थपे, ‘यदी तपाइ फुटबलमा जित्न सक्नु हुन्न भने यसले तपाइलाई पिडा दिन्छ ।’
‘हामीसंग एउटा जादु थियो । जसलाई हामीले लिन सकेनौ । अब यो सकिएको छ । हामी निराश छौ । तर अघि बढ्न पर्छ ।’ सोल्सायरले भने ।