एजेन्सी । स्पेनिस लिगमा रियल मड्रिडले संघर्षपुर्ण जित निकालेको छ । आईतबार राति भएको खेलमा रियलले भिल्ला रियललाई ३–२ गोल अन्तरले हराएको हो ।
रियलको जितमा मारिनोले दुई तथा भाल्लेजोले एक गोल गरे । भिल्ला रियलका मोरिनो र जामे कोस्टाले समान एक एक गोल फर्काए ।
मार्च महिनापछि रियल मड्रिडको जर्सीमा एकै खेलमा दुई गोल गर्ने मारिनो दोस्रो खेलाडी बनेका छन् ।
खेलमा अग्रता रियलले दोस्रो मिनेटमा मारिनोको गोलबाट लिएको थियो । भिल्ला रियलका मोरिनोले ११ औ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
४० औ मिनेटमा घरेलु टोलीका जिसस भाल्लेजोले गोल गर्दै रियललाई पुन अग्रता दिलाए ।
४९ औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै मारिनोले रियललाई ३–१ को स्थितीमा पुर्याएका थिए ।
दोस्रो हाफको इन्जुरी समयमा भिल्ला रियलका जामे कोस्टाले गोल गर्दै गोल अन्तर घटाउने काम गरेका थिए ।
जितपछि तेस्रो स्थानको रियलले ३६ खेलबाट ६८ अंक जोडेको छ । भिल्ला रियल ४० अंक सहित १५ औ स्थानमा यथावत छ ।