विदुर । नुवाकोटको बट्टारमा जारी विदुर नगर मेयर कप रााष्ट्रिय आमन्त्रण अन्तर नगरपालिका फुटलव प्रतियोगितामा कास्कीको पोखरा महानगरपालिका फाइनल प्रवेश गरेको हो ।
काठमाण्डौको बुढानिलकण्ठ नगरपालिकालाई १–० गोल अन्तरले हराउँदै पोखराले आयोजकसंग उपाधि भिडन्त पक्का गरेको हो ।
आइतबार भएको खेलमा पोखरालाई जित दिलाउन सुशिल लामाले ४९ औ मिनेटमा गरेको गोल निर्णायक बन्यो ।
निकै सुस्त सुरुवात गरेका दुबै टोलीले पाएका मौकाको सदुपयोग नगर्दा पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो ।
खेलको म्यान अफ दी म्याच पोखराको सुनिल लामा घोषित भए । उनले नगद पाँच हजार रुपैयाँ र शिल्ड प्राप्त गरे ।
फाइनल प्रवेश गरेको पोखराले उपाधिको घरेलु टोली नुवाकोटसँग सोमबार प्रतिस्पर्धा गर्नेछ ।