एजेन्सी । ईङलिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाईटेडले हुडर्सफिल्ड टाउनसंग बराबरी खेल्दै अंक बाँडेको छ ।
आईतबार भएको खेलमा हुडर्सफिल्ड टाउनसंग १–१ गोलको बराबरी खेल्दै म्यान युनाईटेडले अंक बाँडेको हो ।
खेलमा अग्रता म्यान युनाईटेडल टोमिनेको गोलबाट आठौं मिनेटमा लिएको थिएको थियो । घरेलु टोली ६० औ मिनेटमा खेलमा फर्कियो । एमबान्जाले गोल गर्दै हुडर्सफिल्डलाई खेलमा फर्काएका थिए ।
त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल बराबरीमा सकिएको थियो ।
पछिल्लो बराबरीले शीर्ष चारको दौडमा रहेको म्यानचेष्टर युनाईटेड कमजोर बनेको छ ।
युनाईटेड ६६ अंक सहित तालिकाको छैटौ स्थानमा छ ।
यसअघिनै रेलिगेशनमा परेको हुडर्सफिल्डको १५ अंक छ ।