एजेन्सी । इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले वाटफोर्डलाई हराएको छ । आईतबार घरेलु मैदानमा भएको खेलमा लण्डन क्लब चेल्सीले वाटफोर्डलाई ३–० गोल अन्तरले हराएको छ ।
पहिलो हाफ गोल रहित बराबरी खेलेको चेल्सीले ४८ औ मिनेटमा लोफट्स चेकको गोलबाट अग्रता लियो । ५१ औ मिनेटमा डिफेन्डर डेबिड लुईजले चेल्सीको अग्रता दोब्बर पारे ।
७५ औ मिनेटमा हिग्विनले गोल गर्दै लण्डन क्लबको जित सुनिश्चित गरे ।
पछिल्लो जितले चेल्सीले शीर्ष चार टोली भित्र रहँदै अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनाएको छ ।
चेल्सी ३७ खेलबाट ७१ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । वाटफोर्ड ५१ अंक सहित दशौँ स्थानमा छ ।