मोरङ । सेभेन स्टार फुटबल क्लबले पथरी शनिश्चरे स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
सुनाखरी खेल मैदान सोमबार भएको उपाधि भिडन्तमा आयोजक यलम्बर फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले पराजित गर्दै सेभेन स्टार च्याम्पियन बनेको हो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।
उपाधिसंगै सेभेन स्टारले २० हजार १११ सय नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको आयोजकले १० हजार १११ रुपैयामा चित्त बुझायो ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी प्रकास थापा चुनिए । यस्तै उत्कृष्ट किपरमा चन्द्र पोयाङ्गो, डिफेन्स योकेश धिमाल, मिडफिल्डर जेट्ली राई चुनिए ।
यस्तै सर्वाधिक गोलकर्ता सनम धिमाल चुनिदा राइजिङ प्लेयरको अवार्ड बिबेक सिवाले जिते ।
यलम्बर फुटबल क्लबको आयोजनामा भएको प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको प्रतियोगिता आयोजक समितिका सचिव आशिष राईले जानकारी दिए ।



